भोटेकोशीमा फेरि बढ्यो बाढीको बहाव

रसुवा, १२ भदौ ।
रसुवाको भोटेकोशी नदीमा फेरि बाढीको बहाव बढेको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले भोटेकोशीमा पानीको बहाव पुनः बढेको जानकारी दिएका छन् ।

उनका अनुसार नदीमा बहाव बढ्नुको कारण भने अहिलेसम्म यकिन हुन सकेको छैन । पछिल्लो अवस्थालाई मध्यनजर गर्दै नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

यसअघि भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि नदीमा बनेको मलबे तथा पानी जम्मा भएको क्षेत्रमा थप जोखिम रहेको भन्दै अधिकारीहरूले निरन्तर निगरानी गरिरहेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट