आकस्मिक टाेलीसहित विपदप्रभावित क्षेत्रमै सेवा दिन सिएमसी तयार

चितवन, १२ भदौ । देशका विभिन्न जिल्लामा आएको भीषण बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै चितवन मेडिकल कलेज (सीएमसी) ले प्रभावित नागरिकको स्वास्थ्य उपचार तथा उद्धारमा आवश्यक सहयोग गर्ने जनाएको छ । कलेजले जारी गरेको प्रेस विज्ञप्तिमा बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित नागरिकप्रति गहिरो दुःख र समवेदना व्यक्त गर्दै पीडितहरूको उपचारका लागि […]

भोटेकोशीमा फेरि बढ्यो बाढीको बहाव

रसुवा, १२ भदौ । रसुवाको भोटेकोशी नदीमा फेरि बाढीको बहाव बढेको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले भोटेकोशीमा पानीको बहाव पुनः बढेको जानकारी दिएका छन् । उनका अनुसार नदीमा बहाव बढ्नुको कारण भने अहिलेसम्म यकिन हुन सकेको छैन । पछिल्लो अवस्थालाई मध्यनजर गर्दै नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । […]