भरतपुर । जिल्ला प्रशासन कार्यालय चितवनमा आज बिहान बसेको सर्वपक्षीय बैठकले भोटेकोशी बाढीपछि फेला परिरहेका शवको पहिचान तथा व्यवस्थापनका लागि विभिन्न निकायलाई जिम्मेवारी तोकेको छ।
बैठकले शव पहिचान, व्यवस्थापन तथा शव राख्न आवश्यक सामग्रीको व्यवस्थापनलगायत कार्यका लागि सम्बन्धित निकायलाई जिम्मेवारी दिएको हो। उद्धार तथा व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र स्वयंसेवकलाई आवश्यक सहयोग गर्न भरतपुर महानगरपालिका, उद्योग वाणिज्य संघ, रेडक्रस लगायतका संस्थालाई समेत जिम्मेवारी तोकिएको छ।
रसुवास्थित भोटेकोशी नदीमा बुधबार आएको बाढीले बगाएर ल्याएका शव रसुवासहित चितवन, धादिङ, तनहुँ, गोरखा, नुवाकोट र नवलपरासी पूर्व लगायतका ठाउँमा फेला परिरहेका छन् ।




