रसुवा बाढी पीडितलाई राहत लागि जुट्दै चितवनका खेलकुद संघ संस्था

चितवन, ११ भदौ । चितवन जिल्ला खेलकुद बिकास समितिले रसुवा बाढी पीडितलाई राहत र उद्धारका लागि सहयोग गर्न जिल्लाका सबै खेलकुद संघ संस्थालाई अपिल गरेको छ । समितिले आज (बिहीबार) खेलकुदका सबै संघ संस्थाको संयुक्त बैठक राखेर सहयोगको अपिल गरेको हो । समितिका अध्यक्ष राजन कार्कीले प्राकृतिक विपद्को यस कठिन घडीमा खेलकुद क्षेत्रले पनि आफ्नो […]
भोटेकोशी बाढीले त्रिशूली नदी प्रणालीका ३६ पुलमा क्षति

काठमाडौं । भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले त्रिशूली नदी प्रणालीअन्तर्गतका ४२ वटा पुलमध्ये ३६ वटा पुलमा क्षति पुगेको छ। उपलब्ध विवरणअनुसार रसुवादेखि चितवनसम्मका पुलहरू बाढीबाट प्रभावित भएका हुन्। बाढीबाट प्रभावित ३६ पुलमध्ये अधिकांश बगाएका छन् भने केहीमा संरचनागत क्षति पुगेको छ। रसुवा, नुवाकोट र धादिङका पुलहरूमा बाढीको प्रभाव बढी देखिएको छ। रसुवामा मात्रै […]
भोटेकोशी बाढी : चितवनमा शव व्यवस्थापनको काम थालिँदै

भरतपुर । जिल्ला प्रशासन कार्यालय चितवनमा आज बिहान बसेको सर्वपक्षीय बैठकले भोटेकोशी बाढीपछि फेला परिरहेका शवको पहिचान तथा व्यवस्थापनका लागि विभिन्न निकायलाई जिम्मेवारी तोकेको छ। बैठकले शव पहिचान, व्यवस्थापन तथा शव राख्न आवश्यक सामग्रीको व्यवस्थापनलगायत कार्यका लागि सम्बन्धित निकायलाई जिम्मेवारी दिएको हो। उद्धार तथा व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र स्वयंसेवकलाई आवश्यक सहयोग गर्न भरतपुर महानगरपालिका, उद्योग […]
सरस्वतीजी `प्रत्यूष´ आँसुको मसीले लेखिएको हो र ?

प्रकृति प्रेमी कलाकुञ्ज, चितवन विषयप्रवेश प्रत्यूष (२०८२) गजलकार सरस्वती पौडेलद्वारा लिखित गजल सङ्ग्रह हो । पर्वत जिल्ला बिहादी गाउँपालिका-२ मा आमा नन्दकला र बुबा पर्शुराम पौडेलको तेस्रो सन्तानको रुपमा उनको जन्म भएको हो । सानै उमेरदेखि साहित्यप्रति रुचि भएकि सरस्वतीले कक्षा ६ मा अध्ययन गर्दा विद्यालयस्तरीय कविता प्रतियोगितामा प्रथम स्थान हाशिल गरेपछि साहित्यप्रति झुकाव बढ्दै […]
‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

काठमाडौं, ११ भदौ । रसुवा र नुवाकोटमा थप ठूलो बाढी आउन लागेको भन्दै फैलिएको सूचनामा कुनै आधिकारिकता नभएको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र मातहतको बाढी पूर्वानुमान महाशाखाले स्पष्ट पारेको छ । महाशाखाका अनुसार हालसम्म प्राप्त सूचना र प्रारम्भिक विश्लेषणका आधारमा थप ठूलो बाढी आउने कुनै विश्वसनीय आधार देखिएको छैन । नागरिकलाई संयमित रहन तथा […]