भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७२ पुग्यो

भरतपुर, १० भदौ ।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ७२ पुगेको छ । नेपाल प्रहरीले बुधबार साँझ सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार रसुवादेखि नवलपरासी पूर्वसम्मका ६ जिल्लाका नदी किनार तथा बाढी प्रभावित क्षेत्रबाट ७२ जनाको शव फेला परेको हो।

प्रहरीका अनुसार मृतकमध्ये २३ जना महिला, ३१ जना पुरुष, दुई बालिका, एक बालक र १५ जना पहिचान नखुलेका व्यक्ति रहेका छन् । बाढीको बहावले बगाएर ल्याएका शवहरू रसुवा, नुवाकोट, धादिङ, चितवन, तनहुँ र नवलपरासी पूर्वका विभिन्न स्थानबाट संकलन गरिएको प्रहरीले जनाएको छ।

जिल्लागत विवरणअनुसार चितवनमा सबैभन्दा बढी २८ जनाको शव फेला परेको छ । तीमध्ये ५ महिला, १३ पुरुष र १० जना पहिचान नखुलेका व्यक्ति छन् । धादिङमा ११ महिला, ५ पुरुष र २ जना पहिचान नखुलेका गरी १८ जनाको शव भेटिएको छ ।

त्यस्तै, नुवाकोटमा ५ महिला र ६ पुरुष गरी ११ जना, रसुवामा एक पुरुष, तनहुँमा २ पुरुष, एक बालिका र एक बालक गरी ४ जना तथा नवलपरासी पूर्वमा एक बालिकाको शव फेला परेको प्रहरीले जनाएको छ ।

बाढी प्रभावित क्षेत्रमा बेपत्ता तथा जोखिममा परेकाहरूको खोजी र उद्धार कार्य अझै जारी रहेको प्रहरीले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट