भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७२ पुग्यो

भरतपुर, १० भदौ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ७२ पुगेको छ । नेपाल प्रहरीले बुधबार साँझ सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार रसुवादेखि नवलपरासी पूर्वसम्मका ६ जिल्लाका नदी किनार तथा बाढी प्रभावित क्षेत्रबाट ७२ जनाको शव फेला परेको हो। प्रहरीका अनुसार मृतकमध्ये २३ जना महिला, ३१ जना पुरुष, दुई बालिका, एक बालक […]
सर्वोच्चले अस्वीकार गर्यो देउवाको निवेदन

काठमाडौं, १० भदौ । सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले दायर गरेको फैसला/आदेश संशोधनसम्बन्धी निवेदन अस्वीकार गरेको छ । सर्वोच्च अदालतको पूर्वआदेशमा प्रत्यर्थी (विपक्षी) खण्डमा उल्लेख भएको ‘गगन कुमार थापाको अध्यक्षतामा प्रचारित नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति’ भन्ने व्यहोरा त्रुटिपूर्ण रहेको भन्दै देउवाका तर्फबाट त्यसलाई सच्याउन माग गरिएको थियो । तर, सर्वोच्चले उक्त आदेश संशोधन […]
नारायणीमा काठ–दाउरादेखि ग्यास सिलिन्डरसम्म बगे

चितवन, १० भदौ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी चितवनसम्म आइपुगेको छ । बाढीका कारण चितवन भएर बग्ने त्रिशूली र नारायणी नदीको जलसतह बढे पनि हालसम्म कुनै क्षति भने भएको छैन । बुधबार दिउँसो पौने ३ बजेतिर त्रिशूली नदीको दासढुङ्गा पुल पार गरेको बाढी करिब आधा घण्टापछि नारायणगढस्थित नारायणी नदीमा पुगेको थियो । बाढीसँगै आएको […]
भोटेकोशी बाढीबारे मन्त्रिपरिषद्को आपत्कालीन बैठक

काठमाडौं, १० भदौ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न परिस्थितिको समीक्षा तथा आपत्कालीन उद्धार र राहत कार्यलाई तीव्रता दिन प्रधानमन्त्रीको अध्यक्षतामा नेपाल सरकार, मन्त्रिपरिषद्को आपत्कालीन बैठक सिंहदरबारमा सम्पन्न भएको छ । बैठकले बाढी प्रभावितको उद्धार, सुरक्षित स्थानान्तरण तथा राहत वितरणलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । साथै सूचना तथा सञ्चार, स्वास्थ्य सेवा, आवश्यक बजेट […]