भोटेकोशी बाढीबारे मन्त्रिपरिषद्को आपत्कालीन बैठक

काठमाडौं, १० भदौ ।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न परिस्थितिको समीक्षा तथा आपत्कालीन उद्धार र राहत कार्यलाई तीव्रता दिन प्रधानमन्त्रीको अध्यक्षतामा नेपाल सरकार, मन्त्रिपरिषद्को आपत्कालीन बैठक सिंहदरबारमा सम्पन्न भएको छ ।

बैठकले बाढी प्रभावितको उद्धार, सुरक्षित स्थानान्तरण तथा राहत वितरणलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । साथै सूचना तथा सञ्चार, स्वास्थ्य सेवा, आवश्यक बजेट परिचालन, पूर्वाधार निर्माणलगायतका विषयमा सम्बन्धित मन्त्रालयहरूले तत्काल समन्वय गरी कार्य प्रारम्भ गर्ने निर्णय भएको छ ।

बाढीबाट प्रभावित क्षेत्रमा आवश्यक सबै सरकारी संयन्त्रलाई परिचालन गरी उद्धार तथा राहत कार्यलाई प्राथमिकताका साथ अघि बढाइने भएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट