कविताको रङ्ग, वाल्मीकिसँग’ कार्यक्रममा विद्यार्थीको रचनावाचन

भरतपुर, ३० साउन ।
विद्यार्थीमा साहित्यिक सिर्जनाप्रति रुचि र आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले आयोजित ‘कविताको रङ्ग, वाल्मीकिसँग’ कार्यक्रम वाल्मीकि शिक्षा सदन, भरतपुरमा सम्पन्न भएको छ ।

‘कविता भावनाको अभिव्यक्ति’ भन्ने भावसहित आयोजित कार्यक्रममा कक्षा ६ देखि १० सम्मका विद्यार्थीले आफ्ना सिर्जना प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यार्थीहरूले विभिन्न विषय र भाव समेटिएका कविता वाचन गरे ।

कार्यक्रमका प्रमुख अतिथि साहित्यकार गोविन्दराज विनोदीले विद्यार्थीमा काव्य सिर्जना र वाचनप्रति देखिएको उत्साहको प्रशंसा गर्दै उनीहरूको अग्रसरता लोभलाग्दो रहेको बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक प्रदीप पौडेलका अनुसार विद्यार्थीलाई कविताप्रति रुचि जगाउँदै साहित्यिक सिर्जनामा प्रोत्साहित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा कक्षा ६ का अनुजा प्रसाईं, संरचना पौडेल, पीयूष झा, प्रिसा अधिकारी, स्वीकृति पिया, शुभ रेग्मी र प्रमिश सापकोटा; कक्षा ७ का आरोही न्यौपाने, सुहाना कोइराला, सगुन भण्डारी, अविप्शा लम्साल र समृद्धि अधिकारीले रचना वाचन गरे ।

त्यस्तै, कक्षा ८ का सन्दीप सापकोटा, आर्सी नेपाल, आदित्य पौडेल र रिजन रावल; कक्षा ९ का सुदिप्ती सापकोटा, प्रमिशा बस्नेत, प्रमिशा पौडेल, स्वीकृति ढकाल, सन्दीप न्यौपाने, अनुजा घिमिरे, युग पौडेल, आयान त्रिपाठी, कृतिश पाण्डे र अपूर्वा सापकोटा तथा कक्षा १० का सिद्धान्त अधिकारी, सम्मान त्रिपाठी, आर्सिया कोइराला, सिम्रीका न्यौपाने, आयुषा प्रसाईं, राज पौडेल, अनामिका खत्री, उत्सव पाण्डे र ममता सापकोटाले आफ्ना रचना प्रस्तुत गरेका थिए ।

कार्यक्रमले विद्यार्थीमा कविता लेखन, वाचन तथा साहित्यिक अभिव्यक्तिप्रतिको रुचि बढाउन सहयोग पुग्ने विश्वास लिएको सह – प्रधानाध्यापक प्रकाश सुवेदीले बताउनुभयो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट