न्यु क्यापिटल स्रष्टा सम्मानबाट डल्लाकोटी सम्मानित

चितवन, ३० साउन । पूर्वी चितवनमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको न्यु क्यापिटल कलेजले साहित्यकार गिरिराज डल्लाकोटीलाई ‘न्यु क्यापिटल स्रष्टा सम्मान–२०८३’ प्रदान गरेको छ । कलेजको सभाहलमा शनिबार आयोजित ‘न्यु क्यापिटल स्रष्टा सम्मान तथा रचना वाचन’ कार्यक्रममा डल्लाकोटीलाई नगद २५ हजार १ रुपैयाँ, सम्मानपत्र र दोसल्लासहित सम्मान गरिएको हो । डल्लाकोटी र उहाँकी धर्मपत्नी बिना […]
वर्ल्ड ब्लड डोनर्स अर्गनाइजेसन चितवनको तदर्थ समिति गठन, अध्यक्षमा पौडेल

चितवन, ३० साउन । रक्तदान अभियानलाई थप व्यवस्थित, प्रभावकारी र पहुँचयोग्य बनाउने उद्देश्यले ‘वर्ल्ड ब्लड डोनर्स अर्गनाइजेसन चितवन’ गठनका लागि तदर्थ समिति गठन गरिएको छ । संयोजक राजेन्द्रप्रसाद पौडेलको अध्यक्षता तथा भरतपुर महानगरपालिका–१२ का वडाध्यक्ष लेखराज पन्त (हरि) को प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न भेलाले पौडेलको अध्यक्षतामा तदर्थ समिति सर्वसम्मत गठन गरेको हो । समितिको उपाध्यक्षमा […]
कविताको रङ्ग, वाल्मीकिसँग’ कार्यक्रममा विद्यार्थीको रचनावाचन

भरतपुर, ३० साउन । विद्यार्थीमा साहित्यिक सिर्जनाप्रति रुचि र आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले आयोजित ‘कविताको रङ्ग, वाल्मीकिसँग’ कार्यक्रम वाल्मीकि शिक्षा सदन, भरतपुरमा सम्पन्न भएको छ । ‘कविता भावनाको अभिव्यक्ति’ भन्ने भावसहित आयोजित कार्यक्रममा कक्षा ६ देखि १० सम्मका विद्यार्थीले आफ्ना सिर्जना प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यार्थीहरूले विभिन्न विषय र भाव समेटिएका कविता वाचन गरे […]
शिक्षक–अभिभावकले पठन संस्कृतिको महत्त्व बुझ्नुपर्छ : श्रेष्ठ

गैंडाकोट, ३० साउन । पठन संस्कृतिले व्यावहारिक जीवनलाई प्रभावकारी बनाउने भएकाले यसको महत्त्व शिक्षक र अभिभावकले बुझ्न सके अभियान अझ प्रभावकारी हुने कार्यक्रमकी प्रमुख अतिथि गायत्री श्रेष्ठले बताउनुभएको छ । पठन संस्कृतिको विकास र प्रवर्द्धनका लागि सञ्चालन हुँदै आएको पठन संस्कृति अभियानको २१औँ शृङ्खला गैंडाकोटमा सम्पन्न भएको छ । विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी […]