मोती जयन्ती अब राष्ट्रिय गजल दिवसका रूपमा मनाइने

काठमाडौं, २८ साउन ।
नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञ परिषद्को पहिलो बैठकले प्राज्ञहरूलाई विभिन्न विभागको जिम्मेवारी बाँडफाँट गर्नुका साथै मोती जयन्तीलाई राष्ट्रिय गजल दिवसका रूपमा मनाउने निर्णय गरेको छ ।

२०८३ साउन २८ गते बसेको बैठकले उपकुलपति अविनाश श्रेष्ठलाई गद्य तथा प्रकाशन, सचिव डा. रोशन शेरचनलाई दर्शन, प्रतिसरा सायमिलाई लोकसाहित्य तथा नारी लेखन, डा. कृष्णराज सर्वहारीलाई सामाजिक शास्त्र तथा इतिहासको जिम्मेवारी तोकेको छ ।

त्यस्तै, सिता तुम्खेवाले मातृभाषा तथा लिपि, तीर्थ गुरुङले अनुवाद, मौखिक इतिहास तथा अन्तर्राष्ट्रिय सम्बन्ध, रूपा झा धीरूले बाल तथा किशोर साहित्य, नवीन अभिलाषीले दलित साहित्य, युवा लेखन तथा डिजिटलाईजेसन, दीपक सापकोटाले काव्य, संस्कृति तथा डिजिटलाईजेसन र डा. दुर्गाबहादुर घर्तीले समालोचना, भाषा, व्याकरण तथा कोश विभागको जिम्मेवारी पाएका छन् ।

बैठकले प्रत्येक वर्ष मोती जयन्ती अर्थात् कुशे औँसीलाई राष्ट्रिय गजल दिवसका रूपमा मनाउने निर्णयसमेत गरेको छ ।
यसैगरी, सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानलगायत सम्बन्धित सरोकारवाला संघ–संस्थासँग सहकार्य गरी आगामी मंसिर महिनाभित्र दुईदिने सुदूरपश्चिम प्रदेशस्तरीय साहित्य महोत्सव आयोजना गर्ने निर्णय बैठकले गरेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट