फोटोग्राफर न्यौपानेको जन्मदिनमा विद्यार्थीलाई सहयोग

भरतपुर, २८ साउन ।
लायन्स क्लब अफ भरतपुर इन्द्रेणीका संस्थापक सदस्य एवम् चितवनको प्रतिष्ठित कृति फोटो स्टुडियोका सञ्चालक कृष्णप्रसाद न्यौपानेले आफ्नो जन्मदिनको अवसरमा भरतपुर–७, कृष्णपुरस्थित राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गर्नुभएको छ ।

जिल्लाका प्रतिष्ठित फोटोग्राफर न्यौपानेले विद्यार्थीका लागि कापी, कलमसँगै ‘मुना’, ‘युवामञ्च’, ‘मधुपर्क’ र ‘नारी’ पत्रिका उपलब्ध गराउनुभएको हो । उहाँले हरेक वर्ष आफ्नो सँगसँगै पारिवारिक सदस्यको जन्मदिन वा वैवाहिक उत्सवका अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने तथा आश्रममा खाना खुवाउने गर्दै आउनुभएको छ ।

जन्मदिनलगायतका उत्सवका अवसरमा फजुल खर्च गर्नुभन्दा मितव्ययी भएर सामाजिक सेवामा खर्च गर्नु उचित हुने न्यौपानेले बताउनुभयो । यसरी सहयोग गर्न पाउँदा आफूलाई सन्तुष्टि मिल्ने र आफ्नो उत्सव सफल भएको अनुभूति हुने उहाँको भनाइ छ ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक टङ्कप्रसाद न्यौपाने, लायन विकास पौडेल र लायन्स क्लब अफ भरतपुरका अध्यक्ष त्रिलोचन सापकोटाले मन्तव्य राख्दै न्यौपानेको परोपकारी तथा सहयोगी भावनाको प्रशंसा गर्नुभयो ।

वक्ताहरूले कापी, कलम तथा पढ्ने सामग्रीले विद्यार्थीको सिकाइमा सहजीकरण हुने भन्दै यस्तो सहयोगले समाजका अन्य व्यक्तिलाई समेत सामाजिक सेवाका लागि प्रेरणा मिल्ने धारणा राख्नुभयो ।

कार्यक्रमको सहजीकरण सचिव कमल कुँवरले गर्नुभएको थियो । युवा व्यवसायी न्यौपाने सामाजिक गतिविधिमा नियमितरूपमा सहभागी हुँदै आउनुभएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट