राष्ट्रिय पाठ्यक्रम प्रारूप समयसापेक्ष बनाउने तयारी, प्रतिवेदनलाई प्राथमिकता

काठमाडौँ, २८ साउन । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ लाई समयसापेक्ष र व्यवहारिक बनाउने उद्देश्यले गठित कार्यदलले प्रतिवेदनलाई प्राथमिकताका साथ अन्तिम रूप दिने निर्णय गरेको छ । शिक्षा तथा खेलकुद मन्त्रालयमा बिहीबार सम्पन्न कार्यदलको सातौँ बैठकले बदलिँदो शैक्षिक, सामाजिक तथा प्रविधिगत परिवेशअनुसार पाठ्यक्रमलाई समयानुकूल बनाउने निष्कर्ष निकालेको हो । बैठकमा कार्यदलअन्तर्गत रहेका १२ वटा […]
फोटोग्राफर न्यौपानेको जन्मदिनमा विद्यार्थीलाई सहयोग

भरतपुर, २८ साउन । लायन्स क्लब अफ भरतपुर इन्द्रेणीका संस्थापक सदस्य एवम् चितवनको प्रतिष्ठित कृति फोटो स्टुडियोका सञ्चालक कृष्णप्रसाद न्यौपानेले आफ्नो जन्मदिनको अवसरमा भरतपुर–७, कृष्णपुरस्थित राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गर्नुभएको छ । जिल्लाका प्रतिष्ठित फोटोग्राफर न्यौपानेले विद्यार्थीका लागि कापी, कलमसँगै ‘मुना’, ‘युवामञ्च’, ‘मधुपर्क’ र ‘नारी’ पत्रिका उपलब्ध गराउनुभएको हो । उहाँले हरेक […]
मेलादेवीले सिर्जेको संसार

परिचय पहाडी प्रतिभा । नेपालको पूर्वी पहाड ओखलढुंगा, रुम्जाटार । त्यतिखेर यसलाई पूर्व ३ नम्बर, चिसंखु भनिन्थ्यो । यहाँ रुम्जाटारमा गुरुङहरूको ठूलो बस्ती थियो । अहिले पनि छ । यही रुम्जाटारको काफलबोटमा वि.सं. १९५६ मा एक मधुर स्वरकी धनी, रूप–सौन्दर्यकी खानी, एक अनुपम प्रतिभा जन्मिइन् – मेलादेवी गुरुङ । त्यतिखेर उनको नाम थियो, सुनमाया गुरुङ […]
जिन्दगी (कविता)

कहिले चर्को घाममा छटपटाएको काकाकुल जस्तै कहिले कुहिरोमा हराएको काग जस्तै कहिले सुवास खोज्दै भौँतारिएको कस्तुरी जस्तै पुनः शान्त हुँदै केही आशा केही भरोसा बटुल्दै सुस्ताउनु अनि अस्ताउनु नै जिन्दगी रहेछ । (कवि न्यौपाने गजल मञ्च चितवनकी सदस्य हुन् ।)