जिन्दगी (कविता)

कहिले चर्को घाममा
छटपटाएको काकाकुल जस्तै
कहिले कुहिरोमा
हराएको काग जस्तै
कहिले सुवास खोज्दै
भौँतारिएको कस्तुरी जस्तै
पुनः शान्त हुँदै
केही आशा
केही भरोसा बटुल्दै
सुस्ताउनु
अनि अस्ताउनु नै जिन्दगी रहेछ ।

(कवि न्यौपाने गजल मञ्च चितवनकी सदस्य हुन् ।)

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट