नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

चितवन, २७ साउन ।
नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुने भएको छ । नेपाल डायरिजले साउन २९ गते शुक्रबार उक्त कार्यक्रम गर्न लागेको हो ।

कार्यक्रम नारायणगढ बाह्रघरेस्थित क्यासी लाउन्ज एण्ड स्पोर्टस बारमा हुने नेपाल डायरिजका निर्देशक विनेश थापाले जानकारी दिए । थापाका अनुसार कार्यक्रम २९ गते शुक्रबार साँझ ७ बजेदेखि सुरु हुनेछ ।

करिब ४ घण्टा चल्ने कार्यक्रममा अनुप्रस्थले आफ्नो चर्चित गीतहरु गाउनेछ । त्यस अघि चितवनलाई प्रतिनिधित्व गर्ने अर्बिन एण्ड दि ज्यापको प्रस्तुति रहने थापाले बताए । कार्यक्रमका लागि टिकट बिक्री खुला भईसकेको छ । अनलाइनमा थुप्रै डटकम तथा भौतिक रुपमा टिकट बिक्री भईरहेको छ । यस्तै टेबल बुकिङ पनि खुला गरिएको छ ।

सोही दिन डोर सेलमा भने टिकट दर एक हजार ५०० रुपैयाँ निर्धारणा गरिएको छ । दशौं वार्षिकोत्सव मनाउन लागेको नेपाल डायरिजले विभिन्न कार्यक्रम गर्दै आएको छ । हालै मात्र नेपाल डायरिजले चितवनमा नेपथ्यको कन्सर्ट भव्यताका साथ सम्पन्न गरिसकेको छ ।

यस्तै नेपाल डायरिजले मिस नेपालको क्षेत्रीय संयोजन, मिस एसईई स्टार चितवन जस्ता सौन्दर्य प्रतियोगिता, विभिन्न फेशन रवे, कन्सर्ट, चलचित्रको प्रचार प्रसार तथा अनुप्रस्थ र द एक्स जस्ता ब्याण्डको व्यवस्थापकिय भूमिकामा बसेर पनि काम गरिसकेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट