चितवन विरुद्ध काठमान्डुको जित, उक्लियो अंक तालिकाको शीर्ष स्थानमा

कीर्तिपुर । नेपाल प्रिमियर लिगको तेस्रो संस्करण अन्तर्गत कीर्तिपुरमा सम्पन्न सोमबारको खेलमा काठमान्डु गोर्खाजले चितवन राइनोजलाई १० रनले पराजित गरेको छ।

काठमान्डुले प्रस्तुत गरेको १८१ रनको विजयी लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७० रन मात्र बनाउन सक्यो । चितवनका लागि रवि बोपाराले ३५ बलमा ५५ रनको उत्कृष्ट अर्धशतकीय पारी खेले पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । पारीमा ३ पटक जीवनदान पाएका उनी अन्तिम ओभरको दोस्रो बलमा आउट भए ।

त्यस्तै, कमिल मिश्राले ११ बलमा आक्रामक २८ रन तथा ड्यान मौस्लीले २९ रनको योगदान दिए। काठमाडौंका तर्फबाट बलिङमा सहान अराच्चिगेले ४ ओभरमा ३७ रन खर्चेर सर्वाधिक २ विकेट लिए भने जहानदाद खान, करण केसी, सन्तोष यादव र गणेश गौतमले १-१ विकेट हात पारे।

यसअघि टस जितेर पहिले फिल्डिङ गर्ने चितवनको निर्णयपछि ब्याटिङमा उत्रिएको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १८० रनको बलियो योगफल तयार पारेको थियो। काठमाडौंका लागि राशिद खानले मात्र ३० बलमा २ चौका र ४ छक्काको मद्दतले ५२ रनको विस्फोटक पारी खेले। त्यसैगरी सहान अराच्चिगेले ३३ रन, विलियम बोसिस्टोले २७ रन र कप्तान करण केसीले ७ बलमा २० रन जोडेका थिए। चितवनका बलर रिजन ढकालले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा १४ रन दिएर ३ विकेट लिए भने कमल ऐरी र सिकन्दर राजाले समान २-२ विकेट आफ्नो नाममा दर्ता गराए।

यस महत्त्वपूर्ण जितसँगै काठमाडौं गोर्खाजले थप २ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थान (पहिलो स्थान) ओगट्न सफल भएको छ। पाँच खेलमा ४ जित र एक हार सहित काठमान्डुले ८ अंक प्राप्त गरेको छ । अर्कोतर्फ, पराजित चितवन राइनोज भने ५ अंकसहित तालिकाको चौथो स्थानमा सीमित भएको छ। समान पाँच खेलेको चितवनले २-२ जित र हार भोगेको छ भने एक खेल रद्द भएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट