वर्तमान परिस्थितिमा साहित्यकारको दायित्वबारे चितवनमा विमर्श

भरतपुर, २५ साउन ।
साहित्य सङ्गम चितवनको आयोजनामा ‘वर्तमान परिस्थितिमा साहित्यकारहरूको दायित्व’ विषयक संगोष्ठी सम्पन्न भएको छ ।

सप्तगण्डकी बहुमुखी क्याम्पस, भरतपुरको सभाहलमा आयोजित कार्यक्रममा कवि, समालोचक तथा राजनीतिक चिन्तक डा. अमर गिरीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यपत्रमाथि चितवनका बौद्धिक व्यक्तित्व प्रा.डा. एकनारायण पौडेल र साहित्यकार सरिता तिवारीले टिप्पणी गर्नुभएको थियो ।

कार्यपत्रमाथि रमाकान्त सापकोटा, वासुदेव वाग्ले, सतिसाल, राजेन्द्र ढकाल, नारायण रेग्मी, गोविन्द विश्वकर्मा, इन्द्र रेग्मी र बद्रीनाथ अधिकारीलगायतले जिज्ञासा तथा प्रश्न राख्नुभएको थियो । उहाँहरूका प्रश्न तथा जिज्ञासाको जवाफ कार्यपत्र प्रस्तोता डा. गिरीले दिनुभएको थियो ।

साहित्य सङ्गम चितवनका अध्यक्ष शशि किरण रेग्मी (रह शर्मा)को अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लाका करिब दुई सय जना सर्जकको सहभागिता रहेको थियो । कार्यक्रममा भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष, चितवन साहित्य परिषद्का अध्यक्ष तथा हालै गठन भएको नेपाल प्रज्ञा प्रतिष्ठानका परिषद् सदस्यलगायत साहित्यिक तथा बौद्धिक व्यक्तित्वहरूको उपस्थिति थियो ।

सङ्गमका उपाध्यक्ष विद्या भण्डारीले स्वागत गर्नुभएको कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष तथा वर्तमान कार्यसमिति सदस्य प्रकाश चापागाईंले सञ्चालन गर्नुभएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट