विश्वासको मतका लागि साना दल फकाउँदै मुख्यमन्त्री बानियाँ

मकवानपुर, २४ साउन ।

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको मत लिने भएका छन् । कांग्रेस बागमती संसदीय दलको बैठकले मुख्यमन्त्री बानियाँको विश्वासको मत आगामी भदौ ३ गते भित्र लिने निर्णय गरेको हो ।

गत साउन ६ गते सत्ता साझेदार दल नेकपा सरकारबाट बाहिरिएपछि अल्पमतमा रहेका मुख्यमन्त्री बानियाँले आगामी भदौ ४ गते भित्र संसदबाट विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । अल्पमतमा परेका बानियाँलाई सरकार टिकाउन अन्य साना दलहरूको समर्थन आवश्यक छ ।

मुख्यमन्त्री बानियाँले भदौ ३ गतेभित्र विश्वासको मत लिने संसदीय दलले निर्णय गरेको हो । बैठकले विश्वासको मत लिनु एक दिन अगाडि नै हेटौंडामा उपस्थित हुन सांसदहरुलाई ह्विप जारी गरेको बताइएको छ । बैठकले मुख्यमन्त्री बानियाँको विश्वासको मतबारे पार्टी सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मालगायत शीर्ष तहका नेताहरूसँग छलफल गर्ने निर्णय गरेको दलका सचिव मीनकृष्ण महर्जनले जानकारी दिए । बैठकले मुख्यमन्त्री बानियाँलाई विश्वासको मत पुर्‍याउन शीर्ष नेतृत्वसहित अन्य दलका नेतृत्वसँग समन्वय तथा छलफल गर्ने समेत निर्णय गरेको महर्जनले बताए ।

एमाले बागमती सरकारबाट बाहिरिएपछी नेकपासँग मिलेर नयाँ सरकार बनाउन साझेदारी गरेको छ । उक्त अवस्थाबिच कांग्रेस साना दलको समर्थनमा सरकार टिकाउने रणनीतिमा छ । एमाले र नेकपाको सरकार गठनको अवस्था पनि साना दलको समर्थन विना सम्भव छैन ।

बागमती प्रदेश सभामा रहेका तीन ठुला दल काग्रेस तथ एमाले र नेकपाको गठबन्धन तीन साना दललाई फकाउन व्यस्त छन् । २ सिट संख्या रहेको हाम्रो नेपाल पार्टी (हानेपा) लाई मुख्यमन्त्री बानियाँले सरकारमा सहभागी गराएर विश्वासको मत लिने दाउमा लागेका छन् । ३ सिट रहेको नेपाल मजदुर किसान पार्टी सरकार नजाने मनस्थितिमा रहेको देखिन्छ । १२ सिटको राप्रपाले सरकारमा सहभागी हुने नहुबे विषयमा अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

हाल प्रदेशसभामा ११० मध्ये १०४ सदस्य कायम छन् । सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ । एमालेका २५ र नेकपाका २६ सांसद गरी ५१ मत मात्रै पुग्ने भएकाले बहुमतका लागि कम्तीमा दुई सांसदको थप समर्थन आवश्यक छ । यसैगरी प्रदेशसभामा कांग्रेसकाे ३६ सदस्य रहेकाे छ ।  कांग्रेसकाे सरकार निरन्तरताक लागि राप्रपाका १२, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ जना सदस्यको साथ आवश्यक  हुन्छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट