विश्वासको मतका लागि साना दल फकाउँदै मुख्यमन्त्री बानियाँ

मकवानपुर, २४ साउन । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको मत लिने भएका छन् । कांग्रेस बागमती संसदीय दलको बैठकले मुख्यमन्त्री बानियाँको विश्वासको मत आगामी भदौ ३ गते भित्र लिने निर्णय गरेको हो । गत साउन ६ गते सत्ता साझेदार दल नेकपा सरकारबाट बाहिरिएपछि अल्पमतमा रहेका मुख्यमन्त्री बानियाँले आगामी भदौ […]
चित्रकला प्रतियोगितामा सनराइज स्कुलकी काव्या आचार्य प्रथम

चितवन, २४ साउन । लियो क्लब अफ भरतपुर युथको आयोजना तथा लायन्स क्लब अफ भरतपुर युथको प्रायोजनमा भरतपुरस्थित अर्किड स्कुलमा जिल्लास्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । ‘महिला सशक्तीकरण र लैङ्गिक समानता’ विषयमा आयोजित प्रतियोगितामा चितवनका २० विद्यालयका ३४ विद्यार्थी सहभागी थिए । प्रतियोगितामा सनराइज स्कुलकी काव्या आचार्य प्रथम, ओम शान्ति स्कुलका साइमन सिङ द्वितीय […]
गैंडाकोट इङ्लिस स्कुलको विद्यालय गीत तयार, म्युजिक भिडियो बन्दै

गैंडाकोट, २४ साउन । गैंडाकोट–२, नवलपुरमा रहेको गैंडाकोट इङ्लिस स्कुलले आफ्नो विद्यालय गीत तयार पारेको छ । गीतको म्युजिक भिडियोसमेत निर्माण भइरहेको विद्यालयले जनाएको छ । ‘हाम्रो गैंडाकोट इङ्लिस स्कुल’ बोलको गीतको छायांकन विद्यालय परिसरमै गरिएको छ । म्युजिक भिडियोमा विद्यालयका शैक्षिक, अतिरिक्त तथा विविध गतिविधिलाई समेटिएको छ । भिडियोमा विद्यालयका शिक्षक, विद्यार्थी र कर्मचारीको […]
रत्ननगरमा युवाको उत्साह, शिवालय मन्दिरमा गुन्जियो भक्ति भजन

चितवन, २४ साउन । धर्म तथा सनातन संस्कृतिको संरक्षण र प्रवर्धनमा सक्रिय रत्ननगरका युवाहरूको समूह ‘भक्ति भजन समूह’ले श्रावण सोमबारको अवसरमा विशेष भजन–कीर्तन कार्यक्रम सम्पन्न गरेको छ । रत्ननगर नगरपालिका–१०, बैरियास्थित शिवालय मन्दिर परिसरमा आयोजित कार्यक्रममा साँझ ५ बजेदेखि करिब दुई घण्टासम्म भजन–कीर्तन प्रस्तुत गरिएको थियो । मन्दिर दर्शनका लागि पुगेका श्रद्धालु भक्तजनहरूको उल्लेख्य सहभागिता […]