चित्रकला प्रतियोगितामा सनराइज स्कुलकी काव्या आचार्य प्रथम

चितवन, २४ साउन ।
लियो क्लब अफ भरतपुर युथको आयोजना तथा लायन्स क्लब अफ भरतपुर युथको प्रायोजनमा भरतपुरस्थित अर्किड स्कुलमा जिल्लास्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।

Oplus_0

‘महिला सशक्तीकरण र लैङ्गिक समानता’ विषयमा आयोजित प्रतियोगितामा चितवनका २० विद्यालयका ३४ विद्यार्थी सहभागी थिए ।

प्रतियोगितामा सनराइज स्कुलकी काव्या आचार्य प्रथम, ओम शान्ति स्कुलका साइमन सिङ द्वितीय र नारायणी मोडल स्कुलकी जेनिशा सासु मगर तृतीय भए ।

लियो क्लब अफ भरतपुर युथका अध्यक्ष लियो सङ्गम पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा लियो जिल्ला परिषद् ३२५ आरका अध्यक्ष लियो लायन आत्माराम पाण्डे प्रमुख अतिथि हुनुहुन्थ्यो ।

कार्यक्रममा विद्यार्थीहरूले प्रस्तुत गरेका चित्रले महिला सशक्तीकरण र लैङ्गिक समानताको सन्देश प्रभावकारी रूपमा दिएको वक्ताहरूले बताए । आयोजकले विद्यार्थीको सिर्जनशीलता र क्षमता अभिवृद्धिका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट