बागमतीमा हानेपाका बज्राचार्य भौतिक पूर्वाधार मन्त्री नियुक्त

मकवानपुर, १९ साउन ।
बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीमा हाम्रो नेपाली पार्टी (हानेपा)का शैलेन्द्रमान बज्राचार्य नियुक्त भएका छन् । उनले मंगलबार प्रदेश प्रमुख दीपक प्रसाद देवकोटासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

यसअघि भौतिक पूर्वाधार विकास मन्त्री बिनु रायमाझी पौडेलले पदबाट राजीनामा दिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सिफारिसमा बज्राचार्य मन्त्री नियुक्त भएका हुन् ।

नेकपा एमालेले गत साउन ६ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बागमती प्रदेश सरकार अल्पमतमा परेको छ । संविधानअनुसार मुख्यमन्त्री बानियाँले भदौ ५ गतेभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने भएकाले सत्ता समीकरण बलियो बनाउने प्रयासस्वरूप हानेपालाई सरकारमा सहभागी गराइएको राजनीतिक विश्लेषण गरिएको छ ।

यसअघि सोमबार मुख्यमन्त्री बानियाँले सरकारमा देखिएको अन्योल अन्त्यका लागि सर्वदलीय बैठक बोलाएका थिए । बैठकमा उनले आफूलाई विश्वासको मत दिन वा बहुमत जुटाएर वैकल्पिक सरकार गठन गर्न आग्रह गरेका थिए ।

साथै प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी र हाम्रो नेपाली पार्टीलाई समर्थनका लागि औपचारिक पत्राचार समेत गरिएको जनाइएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट