कालिकोटको विद्यालय पुनर्निर्माणका लागि हेल्प नेपाल नेटवर्क अष्ट्रेलियाको च्यारिटी डिनर

सिड्नी, अस्ट्रेलिया ।
कालिकोटस्थित एक विद्यालयको पुनर्निर्माणमा सहयोग जुटाउने उद्देश्यले हेल्प नेपाल नेटवर्क अष्ट्रेलियाले सिड्नीमा आयोजना गरेको च्यारिटी डिनर भव्य रूपमा सम्पन्न भएको छ ।

अगस्ट १, २०२६ मा झरना फङ्क्सन सेन्टरमा ‘गिभिङ इनिसिएटिभ’ नामक कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा बार्टनबाट संघीय संसदमा निर्वाचित सांसद आश अम्बिहाइपहार, बरउड काउन्सिलकी काउन्सिलर सुकृति भट्ट, हेल्प नेपाल नेटवर्कका ग्लोबल कोअर्डिनेटर डिला खरेल, हेल्प नेपाल नेटवर्क नेपालका अध्यक्ष अरुण सिंह बस्नेत, इ. तरप्रकाश श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सांसद अम्बिहाइपहारले हेल्प नेपाल नेटवर्कले गर्दै आएको सामाजिक कार्यको प्रशंसा गर्दै यस्ता अभियानमा आफ्नो निरन्तर सहयोग रहने बताइन् । काउन्सिलर भट्टले नेपालमा पुस्तकालय निर्माणका लागि काउन्सिलमार्फत सहयोग जुटाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

हेल्प नेपाल नेटवर्क नेपालका अध्यक्ष अरुण सिंह बस्नेतले संस्थाले १० करोड रुपैयाँको अक्षय कोष स्थापना गर्ने अभियान अघि बढाइरहेको जानकारी दिँदै सहयोगी सबैप्रति आभार व्यक्त गरे ।

कार्यक्रममा इ. हर्ष गौतमको तस्बिर लिलामीबाट प्राप्त १,५०० अस्ट्रेलियन डलर सहित करिब ३,००० डलर संकलन भएको थियो । उक्त रकम कालिकोटको श्री खापर मष्टा आधारभूत विद्यालय भवन पुनर्निर्माणमा खर्च गरिने हेल्प नेपाल नेटवर्क अष्ट्रेलियाकी अध्यक्ष सन्तोषी गौतमले जानकारी दिइन् । उनले कार्यक्रममा सहभागी तथा सहयोगी सबैप्रति धन्यवाद व्यक्त गरिन् ।

ग्लोबल कोअर्डिनेटर डिला खरेलले विश्वभर रहेका नेपालीहरूले मातृभूमिप्रति देखाएको समर्पण प्रशंसनीय रहेको उल्लेख गर्दै महाभूकम्प, कोभिड महामारी तथा अन्य विपद्का बेला प्रवासी नेपाली समुदायले पुर्‍याएको सहयोग स्मरण गरे ।

कार्यक्रममा स्थानीय व्यवसायी, समाजसेवी तथा दोस्रो पुस्ताका नेपाली युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । साथै, हालै पाकिस्तानमा हिमपहिरोमा परी निधन भएका चर्चित पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ सहित ज्यान गुमाएका सबै १० पर्वतारोहीप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

‘मातृभूमिका लागि महिनामा एक पाउण्ड–एक डलर’ भन्ने नारासहित सन् १९९९ मा स्थापना भएको हेल्प नेपाल नेटवर्कले हालसम्म नेपालका १०० भन्दा बढी विद्यालयमा कक्षाकोठा निर्माण, करिब ५० वटा ई–लाइब्रेरी स्थापना, भूकम्प प्रभावित विद्यालय पुनर्निर्माण, मुगुको मुर्मास्थित हेल्थ पोस्ट सञ्चालन, धुलिखेलमा बालगृह सञ्चालन तथा विभिन्न विपद्पीडितलाई मानवीय सहायता प्रदान गर्दै आएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट