साहित्यकार सञ्जु अधिकारीका दुई कृति ‘सनम’ र ‘मानस’ एकैसाथ विमोचन

काठमाडौं, १८ साउन ।
साहित्यकार एवम् चार्टर्ड एकाउन्टेन्ट सञ्जु अधिकारीका दुई नयाँ कृतिहरू सनम (उपन्यास) र मानस (कथासङ्ग्रह) एक विशेष समारोहबीच विमोचन भएका छन् ।

आइतबार राजधानीको रामालय इभेन्ट्समा आयोजित कार्यक्रमको शुभ अवसर पारेर यी दुवै कृतिहरू एकसाथ सार्वजनिक गरिएका हुन् । दुवै पुस्तकको प्रकाशन तथा वितरण बीएन पुस्तक प्रालिले गरेको हो ।

उक्त विमोचन कार्यक्रममा वरिष्ठ साहित्यकार डा. शैलेन्दुप्रकाश नेपाल प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो । नेपाली साहित्यमा निरन्तर कलम चलाउँदै आउनुभएकी अधिकारीका यसअघि इन्द्रेणी स्पर्श र मन नामक कृतिहरू पनि प्रकाशित भइसकेका छन् । नयाँ सिर्जनाहरू पाठकमाझ ल्याएकोमा कार्यक्रममा उपस्थित अतिथिहरूले सञ्जु अधिकारीलाई बधाई तथा उज्वल साहित्यिक यात्राको शुभकामना व्यक्त गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट