साहित्यकार सञ्जु अधिकारीका दुई कृति ‘सनम’ र ‘मानस’ एकैसाथ विमोचन

काठमाडौं, १८ साउन । साहित्यकार एवम् चार्टर्ड एकाउन्टेन्ट सञ्जु अधिकारीका दुई नयाँ कृतिहरू सनम (उपन्यास) र मानस (कथासङ्ग्रह) एक विशेष समारोहबीच विमोचन भएका छन् । आइतबार राजधानीको रामालय इभेन्ट्समा आयोजित कार्यक्रमको शुभ अवसर पारेर यी दुवै कृतिहरू एकसाथ सार्वजनिक गरिएका हुन् । दुवै पुस्तकको प्रकाशन तथा वितरण बीएन पुस्तक प्रालिले गरेको हो । उक्त विमोचन […]
माडी – काठमाडौं सम्पर्क समाजको अध्यक्षमा शंकर पाण्डे ‘मुक्ति’ सर्वसम्मत

चितवन, १७ साउन । माडी – काठमाडौं सम्पर्क समाजको अध्यक्षमा माडी–२, शीतलपुर (हाल कीर्तिपुर निवासी) शंकर पाण्डे ‘मुक्ति’ सर्वसम्मत चयन हुनुभएको छ । काठमाडौंमा साउन १६ गते सम्पन्न विशेष अधिवेशनले नयाँ १३ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो । समितिको उपाध्यक्षमा माडी–१ का विष्णु पाठक भण्डारी र गणेश भुसाल चयन हुनुभएको छ । सचिवमा […]
प्रवासी नेपालीको रोजाइ बन्यो ‘बेहुली’, नेपालअघि नै सात देशमा ‘सोल्ड आउट’

काठमाडौं, २८ साउन । आगामी भदौ २६ गते (सेप्टेम्बर ११) देखि नेपालभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘बेहुली’ ले प्रदर्शनअघि नै अन्तर्राष्ट्रिय बजारमा उत्साहजनक सफलता हासिल गरेको छ । नेपालमा रिलिज हुनुअघि नै सात देशमा आयोजना गरिएका अग्रिम शोहरू ‘सोल्ड आउट’ भएपछि चलचित्रप्रति प्रवासी नेपाली दर्शकको आकर्षण झन् बढेको देखिएको हो । निर्माण टिमका अनुसार […]