चितवन, १७ साउन ।
माडी – काठमाडौं सम्पर्क समाजको अध्यक्षमा माडी–२, शीतलपुर (हाल कीर्तिपुर निवासी) शंकर पाण्डे ‘मुक्ति’ सर्वसम्मत चयन हुनुभएको छ ।
काठमाडौंमा साउन १६ गते सम्पन्न विशेष अधिवेशनले नयाँ १३ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।
समितिको उपाध्यक्षमा माडी–१ का विष्णु पाठक भण्डारी र गणेश भुसाल चयन हुनुभएको छ । सचिवमा माडी–५ का रामप्रसाद सापकोटा, सहसचिवमा माडी–६ का सन्तोष गौतम (विशाल) तथा कोषाध्यक्षमा माडी–४ का कृष्णप्रसाद भट्टराई चयन हुनुभएको छ ।
कार्यसमितिका सदस्यहरूमा डिल्लीराम अधिकारी (माडी–४), चिरञ्जीवी अधिकारी (माडी–२), सङ्गीता सापकोटा (माडी–४), बालकृष्ण सापकोटा (माडी–७), धनराज सापकोटा (माडी–७), सुशीला दवाडी (माडी–२) र सीता पनेरु (माडी–३) रहनुभएको छ ।
यसैगरी, ईश्वरी पाण्डेको संयोजकत्व तथा निवर्तमान अध्यक्ष डा. लेखनाथ मिश्रको सहसंयोजकत्वमा सात सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ । समितिका सदस्यहरूमा जितेन्द्र भण्डारी, कमल न्यौपाने, भोलानाथ चालिसे, धना भण्डारी र वासुदेव घिमिरे रहनुभएको छ ।





