बागमती सरकारले प्रादेशिक व्यापार ऐन संशोधन विधेयक प्रदेश सभामा पठाउने निर्णय

मकवानपुर, १ साउन ।
बागमती प्रदेश सरकारले प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी दोस्रो संशोधन विधेयक प्रदेश सभामा पठाउने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयले तयार पारेको उक्त विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति दिएको सरकारका प्रवक्ता तथा आर्थिक मामिला एवं योजना मन्त्री प्रभात तामाङले जानकारी दिए ।

बैठकले २०८२ भदौमा भएको जेनजी आन्दोलनका क्रममा आगजनीबाट खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयका जिन्सी सामग्रीमा भएको क्षतिलाई मिनाहा गर्दै करिब १ करोड ६० लाख रुपैयाँ बराबरका सामानको लगत कट्टा गर्ने निर्णय पनि गरेको छ । कानुनी व्यवस्थाअनुसार ५ लाख रुपैयाँभन्दा बढी मूल्यका जिन्सी सामग्रीको लगत कट्टा गर्न मन्त्रिपरिषद्को निर्णय आवश्यक पर्ने भएकाले उक्त निर्णय गरिएको मन्त्री तामाङले बताए ।

त्यसैगरी, सामाजिक विकास मन्त्रालयमार्फत प्रदेशमा अपाङ्गता भएका व्यक्तिको अधिकार व्यवस्थापन सम्बन्धी विधेयकको मस्यौदा तयार गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट