गोविन्दप्रसाद तिवारीको आत्मकथा ‘सङ्घर्ष र सफलता’ लोकार्पण

भरतपुर, २० असार ।
समाजसेवी तथा व्यवसायी गोविन्दप्रसाद तिवारीको आत्मकथा ‘सङ्घर्ष र सफलता’ शनिबार एक समारोहका बीच लोकार्पण गरिएको छ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले कृतिको लोकार्पण गरेका हुन् ।

दुई खण्डमा प्रकाशित पुस्तकमा तिवारीले बाल्यकालको गरिबी, व्यवसायिक सङ्घर्ष, सफलता, सामाजिक उत्तरदायित्व तथा जीवनका विभिन्न उतारचढावलाई समेटेका छन् । पुस्तकको प्रकाशन भेटघाट रेष्टुरेन्टले गरेको हो भने सम्पादन पत्रकार वीरेन्द्रमणि पौडेल र सूर्यप्रकाश कँडेलले गरेका हुन् । पुस्तकको मूल्य ५०१ रुपैयाँ राखिएको छ ।

चितवनको प्रसिद्ध भेटघाट रेष्टुरेन्टका सञ्चालक तिवारीले नारायणगढमा ‘तास’ खाजालाई लोकप्रिय बनाएका व्यक्तिका रूपमा परिचित छन् । उनी २०१९ साल वैशाख १६ गते कास्कीको बेगनासमा जन्मिएका हुन् । १६ वर्षको उमेरमा २०३५ सालमा चितवन आएका उनले कठिन सङ्घर्षपछि भेटघाट रेष्टुरेन्ट स्थापना गरी व्यवसायमा सफलता हासिल गरेका थिए ।

आत्मकथामा पहिलो पत्नी स्वर्गीय पवित्रादेवी तिवारीको योगदानलाई विशेष रूपमा स्मरण गर्दै उनले आफ्नो सफलताको आधार नै श्रीमतीको साथ र सहयोग भएको उल्लेख गरेका छन् । क्यान्सरका कारण पहिलो पत्नीको निधनपछि उनले २०७२ सालमा सविता सिलवालसँग दोस्रो विवाह गरेका थिए ।

कार्यक्रममा शिक्षाविद् ध्रुवराज पोख्रेलले ‘सङ्घर्ष र सफलता’ व्यक्तिगत जीवनी मात्र नभई सङ्घर्ष र सफलताको प्रेरणादायी दस्तावेज भएको बताए ।

उनका अनुसार पुस्तकले कठिन परिस्थितिमा पनि निरन्तर प्रयासबाट सफलता हासिल गर्न सकिने सन्देश दिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट