हेटौंडामा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

मकवानपुर, २० असार ।
हेटौंडा उपमहानगरपालिका–६ हात्तीलेटस्थित धरान–चतरा सडकखण्डमा शनिबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गौरीटारबाट चौघडा चोकतर्फ जाँदै गरेको प्रदेश २-०३-००९ प ७०२८ नम्बरको मोटरसाइकल तीव्र गतिका कारण सडकको रेलिङमा ठोक्किएर अनियन्त्रित हुँदा दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक हेटौंडा–६ निवासी अन्दाजी १७/१८ वर्षीय प्रतिक मानन्धर गम्भीर घाइते भएका थिए। टाउको र छातीमा गम्भीर चोट लागेका उनलाई उपचारका लागि हेटौंडा अस्पताल लगिएकोमा दिउँसो ३ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।

मोटरसाइकलको पछाडि सवार हेटौंडा–६ कै अन्दाजी १७ वर्षीय अंकुर लामा घाइते भएका छन् । उनको दुवै हात र बाँया खुट्टामा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि प्रहरी चौकी चौघडाबाट ट्राफिकसहितको टोली घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरी अस्पताल पठाएको थियो । दुर्घटनामा संलग्न मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट