इच्छाकामनाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै आक्रमण

चितवन, १८ असार ।
इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतमाथि कार्यकक्षमै सांघातिक आक्रमण भएको भन्दै गाउँपालिकाका कर्मचारीहरूले कडा विरोध जनाएका छन् । घटनाको विरोधस्वरूप कर्मचारीहरूले कार्यालयको नियमित कामकाज समेत ठप्प पारेका छन् ।

गाउँपालिकाले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार असार १८ गते बिहान करिब ११ बजे निर्माण व्यवसायी किङफिसर कन्स्ट्रक्सनका प्रोप्राइटर लालबहादुर तामाङसहित ६ जनाको समूहले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा प्रवेश गरी ज्यान मार्ने उद्देश्यले सांघातिक आक्रमण गरेको तथा परिवारलाई समेत नछोड्ने भन्दै धम्की दिएको आरोप लगाइएको छ ।

कार्यालय समयमै कार्यकक्षभित्र भएको उक्त घटनाले सम्पूर्ण कर्मचारीको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको विज्ञप्तिमा उल्लेख छ । गाउँपालिकाले घटनामा संलग्नमाथि कानुनबमोजिम कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ ।

कर्मचारीहरूले आफूहरू असुरक्षित महसुस गरिरहेको जनाउँदै दोषीमाथि कानुनी कारबाहीको प्रक्रिया अघि नबढेसम्म कार्यालयको नियमित कामकाज सञ्चालन गर्न असमर्थ रहने चेतावनी दिएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट