‘पढ्दै कमाउँदै’ बीआईटी पढ्ने अवसर

गैंडाकोट, १४ असार ।
काठमाडौँ विश्वविद्यालय (केयू) सम्बद्ध एनआईटी (NIT) कलेज, गैंडाकोटले शैक्षिक सत्र २०२६ (२०८३/८४) का लागि स्नातक तहअन्तर्गत बीआईटी (Bachelor in Information Technology) कार्यक्रमको भर्ना खुला गरेको छ। कलेजले ‘Earn While You Learn’ (पढ्दै कमाउँदै) अवधारणामार्फत अध्ययनसँगै आम्दानी र व्यावसायिक अनुभव हासिल गर्ने अवसर प्रदान गर्ने जनाएको छ ।

आईटी क्षेत्रको बढ्दो मागलाई लक्षित गर्दै कलेजले २ अन्तर्राष्ट्रिय र ८ राष्ट्रिय आईटी कम्पनीसँग सहकार्य गरेको जनाएको छ । यस सहकार्यमार्फत विद्यार्थीले अध्ययनकै क्रममा सशुल्क इन्टर्नशिप, अंशकालीन रोजगारी तथा उद्योगसँग प्रत्यक्ष रूपमा काम गर्ने अवसर पाउनेछन् ।

कलेजका अनुसार ‘पढ्दै कमाउँदै’ कार्यक्रमले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानलाई व्यवहारमा रूपान्तरण गर्दै कार्य अनुभव र आर्थिक आत्मनिर्भरता हासिल गर्न सहयोग गर्नेछ । यसले भविष्यको रोजगारी तथा करिअर विकासमा समेत महत्वपूर्ण आधार तयार गर्ने विश्वास कलेजले व्यक्त गरेको छ ।

बीआईटी कार्यक्रममा कोडिङ, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डिप लर्निङ, मेसिन लर्निङ, क्लाउड कम्प्युटिङ, साइबर सुरक्षा र डाटा साइन्सलगायतका आधुनिक तथा रोजगारमुखी प्रविधिमा विशेष प्रशिक्षण दिइनेछ । साथै उद्योगका विज्ञ र कम्पनी विशेषज्ञबाट प्रत्यक्ष मेन्टरसिपको सुविधा पनि उपलब्ध गराइने कलेजले जनाएको छ ।

एनआईटी कलेजले काठमाडौँ विश्वविद्यालयको अन्तर्राष्ट्रिय मान्यता प्राप्त डिग्री, आधुनिक कम्प्युटर ल्याब, डिजिटल शिक्षण वातावरण, उद्योगसँग जोडिएको परियोजनामुखी अध्ययन प्रणाली, छात्रवृत्ति व्यवस्था तथा अनुभवी प्राध्यापकहरूको अध्यापनलाई आफ्नो विशेषता रहेको उल्लेख गरेको छ ।

चितवन, नवलपुर तथा आसपासका जिल्लाका विद्यार्थीका लागि गुणस्तरीय आईटी शिक्षाको गन्तव्य बन्दै गएको कलेजले सीमित सिट भएकाले इच्छुक विद्यार्थी तथा अभिभावकलाई समयमै आवेदन दिन आग्रह गरेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट