भरतपुर–११ स्थित आरम्भ कलेजका विद्यार्थीहरूले त्रिभुवन विश्वविद्यालय (TU) अन्तर्गत BHM तथा BITM चौथो सेमेस्टरको परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेका छन्।
कलेजका अनुसार BHM चौथो सेमेस्टरतर्फ सन्ध्या गोलेले ३.८८ SGPA सहित जिल्ला प्रथम स्थान हासिल गरेकी छन्। नेबिका मैनालीले ३.८३ SGPA सहित दोस्रो तथा ङवाङ बामजान तामाङले ३.८० SGPA सहित तेस्रो स्थान प्राप्त गरेका छन्।
त्यसैगरी BITM चौथो सेमेस्टरतर्फ ओजस्वी आचार्यले ३.८३ SGPA सहित जिल्ला प्रथम स्थान हासिल गरेकी छन्। अङ्गिता अधिकारीले ३.८१ SGPA सहित दोस्रो तथा बिपल श्रेष्ठले ३.७४ SGPA सहित तेस्रो स्थान प्राप्त गरेका छन्।

कलेजका प्रिन्सिपल सुरज शिवाकोटीका अनुसार अनुभवी शिक्षक, व्यावहारिक शिक्षण प्रणाली, आधुनिक पूर्वाधार तथा विद्यार्थीमैत्री वातावरणका कारण विद्यार्थीहरूले राम्रो नतिजा हासिल गर्न सफल भएका हुन्।
आरम्भ कलेजले होटल व्यवस्थापन तथा सूचना प्रविधि व्यवस्थापन (BITM) कार्यक्रम सञ्चालन गर्दै आएको छ। कलेजका अनुसार पछिल्ला शैक्षिक नतिजाले यी कार्यक्रमप्रति विद्यार्थीहरूको आकर्षण र शैक्षिक उपलब्धिलाई प्रतिबिम्बित गरेको छ।





