नवलपुरमा तीन पत्रकार पुरस्कृत, वीरेन्द्र पराजुली सम्मानित

कावासोती, १४ असार ।
नेपाल पत्रकार महासङ्घ नवलपुर शाखाले चौथो साधारण सभाको अवसरमा विभिन्न पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।

भीमकुमारी–ढुण्डिराज पत्रकारिता पुरस्कारबाट गोरखापत्रका नवलपुर संवाददाता बोमलाल गिरी, स्वर्गीय कृष्णलाल पराजुली स्मृति पत्रकारिता पुरस्कार–२०८३ बाट नेपाल टेलिभिजनका नवलपुर संवाददाता धनु भुसाल तथा क्रियाशील पत्रकारिता पुरस्कारबाट विजय एफएम गैँडाकोटका श्रीधर शर्मा पुरस्कृत हुनुभएको हो ।

उहाँहरूलाई नगदसहित ताम्रपत्र प्रदान गरिएको महासङ्घले जनाएको छ ।

त्यसैगरी, नेपाल पत्रकार महासङ्घको सदस्यता लिएको २० वर्ष पूरा गरेको अवसरमा महासङ्घ नवलपुरका निवर्तमान अध्यक्ष वीरेन्द्र पराजुलीलाई सम्मान गरिएको छ ।

साधारण सभालाई सम्बोधन गर्दै महासङ्घका वरिष्ठ केन्द्रीय उपाध्यक्ष दीपक आचार्यले सञ्चारमाध्यममाथि विज्ञापन रोक्ने लगायतका कार्यबाट सरकारले प्रेस स्वतन्त्रतालाई कमजोर बनाउने प्रयास गरिरहेको आरोप लगाउनुभयो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट