साहित्यिक चेतना र सृजनशीलता प्रवर्द्धनमा खैरहनीमा काव्यिक विमर्श

चितवन, ६ असार ।
साहित्यिक गतिविधिले समाजमा सृजनशीलता, संवेदनशीलता र सांस्कृतिक चेतनाको विकास गर्ने उद्देश्यसहित खैरहनी नगर वाङ्मय परिषद्ले खैरहनीस्थित चुलेसी रेस्टुरेन्टमा कविता वाचन तथा काव्यिक विमर्श कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमको संयोजन खैरहनी नगरपालिका–२ वडा कार्यालयले गरेको थियो ।

प्रख्यात कवि तथा गीतकार दिनेश अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न पुस्ताका स्रष्टा तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा रघुनाथ न्यौपाने, कमल अर्याल, राजेन्द्र घायल, धनराज गिरि, लेखराम सापकोटा, परिवेश मुन्छे, शून्य नयन, रिवाज अर्याल, गायत्री अधिकारी, गोकर्ण मल्ल, रङ्गलाल शर्मा, उल्लासकान्त मैनाली, हरिप्रसाद गजुरेल, इन्द्रप्रसाद वाग्ले, श्रेया मगर, ओबिसा गुरुङ, मनिक्षा परियार, रिया गुरुङ, प्रशंसा देवकोटा, रामशरण थपलियाललगायतले विविध विषय र भावका रचनाहरू प्रस्तुत गरेका थिए ।

कार्यक्रममा चितवनकी गायिका सपना अर्याल रैलाले दिनेश अधिकारीका दुई गीत प्रस्तुत गर्दै सांगीतिक आकर्षण थपेकी थिइन् । प्रमुख अतिथि अधिकारीले आफ्ना केही कविता तथा गीत प्रस्तुत गर्दै साहित्यले समाजलाई सकारात्मक दिशा दिने माध्यम भएको उल्लेख गरे ।

जनजीवन माध्यमिक विद्यालयका विद्यार्थीहरूले पनि आफ्ना साहित्यिक सिर्जना प्रस्तुत गरेका थिए । यसले नयाँ पुस्तामा साहित्यप्रतिको रुचि र सिर्जनात्मक क्षमता विकास गर्न यस्ता कार्यक्रम उपयोगी हुने सन्देश दिएको प्रमुख अतिथि अधिकारीले बताए ।

कार्यक्रममा उदय अधिकारी, केशवराज आमोदी तथा जनजीवन माविकी प्रधानाध्यापक अञ्जना आचार्यले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

चेतराज रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण नरेन्द्र पौडेलले गरेका थिए । सहभागीहरूले यस्ता साहित्यिक जमघटले स्थानीय स्रष्टाबीच अनुभव आदानप्रदान, सिर्जनात्मक अभिव्यक्ति तथा साहित्यिक संस्कृतिको संरक्षण र प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट