हेटौंडामा कवि पुरुषोत्तम आचार्यको साङ्गीतिक एकल कविता वाचन

मकवानपुर, ६ असार । कवि पुरुषोत्तम आचार्यको साङ्गीतिक एकल कविता वाचन कार्यक्रम हेटौंडामा सम्पन्न भएको छ । नेपाली भाषा शिक्षक समिति मकवानपुरले आफ्नो अक्षयकोष सहयोगार्थ कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा कवि आचार्यले ‘हर्नामाडी’ शीर्षकको कविताबाट वाचन प्रारम्भ गरेका थिए । त्यसपछि उनले एक गजलसहित ‘बृद्धअवस्था’, ‘पछि’, ‘खतरनाक मान्छेहरू’, ‘मानसिङ विश्वकर्माको घोषणा’, ‘तिम्रो नाममा’, ‘वर्षा’, […]
साहित्यिक चेतना र सृजनशीलता प्रवर्द्धनमा खैरहनीमा काव्यिक विमर्श

चितवन, ६ असार । साहित्यिक गतिविधिले समाजमा सृजनशीलता, संवेदनशीलता र सांस्कृतिक चेतनाको विकास गर्ने उद्देश्यसहित खैरहनी नगर वाङ्मय परिषद्ले खैरहनीस्थित चुलेसी रेस्टुरेन्टमा कविता वाचन तथा काव्यिक विमर्श कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमको संयोजन खैरहनी नगरपालिका–२ वडा कार्यालयले गरेको थियो । प्रख्यात कवि तथा गीतकार दिनेश अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न पुस्ताका स्रष्टा तथा […]
तेस्रो बागमती खेलकुद : महिला क्रिकेट काठमाडौंलाई, पुरुष क्रिकेट र एथ्लेटिक्समा चितवन प्रथम

मकवानपुर, ६ असार । बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा जारी तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको उपाधि काठमाडौंले जितेको छ । शुक्रबार चितवनको गौतम बुद्ध क्रिकेट मैदानमा भएको फाइनलमा घरेलु टोली चितवनलाई ७ विकेटले पराजित गर्दै काठमाडौं च्याम्पियन बनेको हो । यसअघि पुरुष क्रिकेट र एथ्लेटिक्समा चितवन तथा तेक्वान्दोमा ललितपुर प्रथम भइसकेका छन् […]
हेटौंडामा दैनिक ३ करोड ७५ लाख लिटर पिउने पानी वितरण

मकवानपुर, ६ असार । हेटौंडा उपमहानगरपालिकाका उपभोक्तालाई दैनिक ३ करोड ७५ लाख लिटर प्रशोधित पिउने पानी वितरण भइरहेको छ। हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले उपमहानगरका अधिकांश वडामा स्वच्छ खानेपानी सेवा उपलब्ध गराउँदै आएको जनाएको छ । बोर्डका सूचना अधिकारी सञ्जय न्यौपानेका अनुसार हेटौंडा उपमहानगरपालिकाका १९ वडामध्ये वडा नम्बर १२ र १३ बाहेक १७ वडामा खानेपानी वितरण […]
कसले पाउँदैछन् रास्वपा महाधिवेशनको टिकट ? यस्तो छ ४२ सय प्रतिनिधिको अंकगणित

काठमाडौं, ६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी महाधिवेशनमा कुल प्रतिनिधि सङ्ख्या चार हजार २०० भन्दा बढी हुने भएको छ । केन्द्रीय सचिवालयका अनुसार प्रारम्भिक तथ्याङ्कले कुल चार हजार २१० प्रतिनिधि हुने देखाएको छ । सङ्गठन विभाग सचिव शङ्कर श्रेष्ठका अनुसार प्रारम्भिक सूचीमा तीन हजार ८१० प्रतिनिधि देखिएका छन् । यसमा २५ देशका […]