कसले पाउँदैछन् रास्वपा महाधिवेशनको टिकट ? यस्तो छ ४२ सय प्रतिनिधिको अंकगणित

काठमाडौं, ६ असार ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी महाधिवेशनमा कुल प्रतिनिधि सङ्ख्या चार हजार २०० भन्दा बढी हुने भएको छ । केन्द्रीय सचिवालयका अनुसार प्रारम्भिक तथ्याङ्कले कुल चार हजार २१० प्रतिनिधि हुने देखाएको छ ।
सङ्गठन विभाग सचिव शङ्कर श्रेष्ठका अनुसार प्रारम्भिक सूचीमा तीन हजार ८१० प्रतिनिधि देखिएका छन् । यसमा २५ देशका प्रवास सम्पर्क विभागबाट करिब २०० र विधानतः सभापतिले मनोनयन गर्ने २०० प्रतिनिधि थपिनेछन् । आज बस्ने केन्द्रीय समितिको बैठकमा सभापतिले मनोनयन गर्ने प्रतिनिधिको नाम पेस भएपछि साँझसम्म अन्तिम नामावली तयार हुने श्रेष्ठले बताए ।

यस्तो छ प्रतिनिधिको अंकगणित र मापदण्ड:
महाधिवेशन प्रतिनिधिको टिकट पाउन निश्चित मापदण्ड तोकिएको छ । जसमा पालिका, क्षेत्रीय, जिल्ला र प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरू समेटिएका छन् । यसैगरी केन्द्रीय निर्वाचन, अनुशासन र लेखा आयोगका पदाधिकारी, ३८ वटा केन्द्रीय विभागका सदस्य र २०७९ को प्रतिनिधिसभा निर्वाचनका उपविजेता तथा समानुपातिक बन्दसूचीमा रहेका सक्रिय नेताहरू प्रतिनिधि बन्न पाउनेछन् ।

भौगोलिक आधारमा बागमती प्रदेशबाट सबैभन्दा बढी ७९० र कर्णालीबाट सबैभन्दा कम ३६० प्रतिनिधि सहभागी हुनेछन्। यस्तै मधेसबाट ६३०, सुदूरपश्चिमबाट ५५०, कोशीबाट ५२०, लुम्बिनीबाट ४९० र गण्डकीबाट ४७० जना प्रतिनिधि रहने प्रारम्भिक तथ्याङ्क छ ।

आइतबार भरतपुरको गेष्टहाउस चौरमा उद्घाटन र उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा बन्दसत्र सुरु हुँदैछ । महाधिवेशनका लागि पार्टी सभापति रवि लामिछाने चितवन पुगिसकेका छन् भने प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह आइतबार चितवन पुग्ने कार्यक्रम छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट