रत्ननगरमा व्यवस्थापन तथा नेतृत्व प्रशिक्षण

रत्ननगर, २४ जेठ ।
रत्ननगर नगरपालिका वडा नम्बर – ९ को आयोजनामा वडाभित्रका विभिन्न संघसंस्था तथा सरोकारवालाहरूका लागि ‘व्यवस्थापन तथा सकारात्मक सोचको विकास’ विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

वडा नम्बर – ९ का वडाध्यक्ष अनन्त अधिकारीको अध्यक्षता तथा रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा करिब ७० जनाको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण आरोन एजुकेसन रत्ननगरले गरेको थियो ।

प्रशिक्षणमा वडाअन्तर्गतका २२ वटा टोल विकास संस्थाका प्रतिनिधिहरू, मेलमिलाप, खानेपानी, स्वास्थ्य, शिक्षा, वन तथा विपद् व्यवस्थापन समितिका सदस्यहरू, आमा समूह, उद्यमशील महिला, ज्येष्ठ नागरिक, एकल महिला, मठमन्दिर तथा भजन समूह, युवा क्लब, बाल क्लबका प्रतिनिधिहरू, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

वडा सदस्य सुष्मा खड्काथोकीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमको सञ्चालन वडा सचिव सूर्यप्रसाद ढुङ्गानाले गर्नुभएको थियो ।

सहभागीहरूलाई राष्ट्रिय प्रशिक्षक रमण भट्टराई (रमण गुरुजी), सिर्जना तिवारी (कुसुम) तथा प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले व्यवस्थापन र सकारात्मक सोचका विविध पक्षबारे प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष अनन्त अधिकारीले समाजमा बढ्दो नकारात्मक सोचलाई चिर्न सकारात्मक सोचको विकास अपरिहार्य रहेको बताउनुभयो । उहाँले सकारात्मक सोचमार्फत छरछिमेक, टोल, समाज हुँदै समग्र देशको रूपान्तरण सम्भव हुने विश्वास व्यक्त गर्नुभयो ।

सहभागीहरूले प्रशिक्षणलाई प्रभावकारी, प्रेरणादायी तथा जीवनोपयोगी रहेको प्रतिक्रिया दिएका छन् । समापनका अवसरमा उनीहरूले यस्ता कार्यक्रमले समाज विकासमा सकारात्मक योगदान पुर्‍याउने भएकाले आगामी दिनमा समेत निरन्तरता दिन वडा कार्यालयसँग आग्रह गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट