खेलकुद र प्रहरीबीच सहकार्यको प्रतिबद्धता : चितवनका नयाँ एसपी पौडेललाई स्वागत

चितवन, २१ जेठ ।
चितवन जिल्ला खेलकुद विकास समितिले चितवनका नवनियुक्त प्रहरी प्रमुख एसपी रामेश्वर पौडेललाई स्वागत गरेको छ । समितिले बिहीबार एसपी पौडेलको कार्यकक्षमै आयोजित कार्यक्रममा स्वागत तथा शुभकामना व्यक्त गरेको हो ।

कार्यक्रममा समितिका अध्यक्ष राजन कार्की, सचिव रामजी ढकाल तथा जिल्लाका विभिन्न खेलकुद संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
सो अवसरमा अध्यक्ष कार्कीले एसपी पौडेलको चितवन कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्दै जिल्लाको खेलकुद क्षेत्रको वर्तमान अवस्था र गतिविधिबारे जानकारी गराएका थिए ।

एसपी पौडेलले आफू खेलकुदसँग नजिक रहेको उल्लेख गर्दै खेलाडी जीवनका अनुभवसमेत सुनाएका थिए । उनले खेलप्रति आफ्नो विशेष लगाव रहेको बताउँदै खेलकुद संघ–संस्थासँग आवश्यक सहकार्य र समन्वय गर्न जिल्ला प्रहरी कार्यालय सदैव तयार रहने प्रतिबद्धता व्यक्त गरे ।

यसैबीच, खेलकुद विकास समितिले चितवनमा सरुवा भई आएका डीएसपी चन्द्रभूषण यादवलाई पनि स्वागत गरेको जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट