खेलकुद र प्रहरीबीच सहकार्यको प्रतिबद्धता : चितवनका नयाँ एसपी पौडेललाई स्वागत

चितवन, २१ जेठ । चितवन जिल्ला खेलकुद विकास समितिले चितवनका नवनियुक्त प्रहरी प्रमुख एसपी रामेश्वर पौडेललाई स्वागत गरेको छ । समितिले बिहीबार एसपी पौडेलको कार्यकक्षमै आयोजित कार्यक्रममा स्वागत तथा शुभकामना व्यक्त गरेको हो । कार्यक्रममा समितिका अध्यक्ष राजन कार्की, सचिव रामजी ढकाल तथा जिल्लाका विभिन्न खेलकुद संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सो अवसरमा अध्यक्ष […]

५० विद्यार्थीलाई निःशुल्क भाषा कक्षा

चितवन, २१ जेठ । रत्ननगर–१ स्थित माइलस्टोन इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सी (MIEC) ले वैदेशिक अध्ययनको तयारी गरिरहेका विद्यार्थीहरूका लागि शतप्रतिशत छात्रवृत्ति तथा निःशुल्क भाषा कक्षा सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ । संस्थाले हाल सञ्चालन गरिरहेका IELTS, PTE, SAT, Duolingo English Test तथा जापानी भाषाका विभिन्न तहका कक्षाहरूमा विद्यार्थीहरूलाई १०० प्रतिशतसम्म शुल्क छुट प्रदान गर्ने जनाएको […]