चितवन, २१ जेठ ।
रत्ननगर–१ स्थित माइलस्टोन इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सी (MIEC) ले वैदेशिक अध्ययनको तयारी गरिरहेका विद्यार्थीहरूका लागि शतप्रतिशत छात्रवृत्ति तथा निःशुल्क भाषा कक्षा सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ ।
संस्थाले हाल सञ्चालन गरिरहेका IELTS, PTE, SAT, Duolingo English Test तथा जापानी भाषाका विभिन्न तहका कक्षाहरूमा विद्यार्थीहरूलाई १०० प्रतिशतसम्म शुल्क छुट प्रदान गर्ने जनाएको छ । योजनाअन्तर्गत भर्ना हुने पहिलो ५० जना विद्यार्थीले निःशुल्क रूपमा कक्षामा सहभागी हुन पाउनेछन् ।
कन्सल्टेन्सीकी सञ्चालक ज्योति सापकोटा भट्टका अनुसार विद्यार्थीहरूको शैक्षिक पहुँच विस्तार गर्ने र वैदेशिक अध्ययनको तयारीलाई सहज बनाउने उद्देश्यले यो योजना ल्याइएको हो ।
‘तपाईंको आजको कडा परिश्रमले नै भोलिको सफलता सुनिश्चित गर्छ’ भन्ने मूल मन्त्रका साथ सञ्चालन भइरहेको संस्थाले विद्यार्थीहरूको आर्थिक भार कम गर्नुका साथै मनोबल वृद्धि गर्ने लक्ष्य राखेको जनाएको छ । सीमित अवधिका लागि लागू गरिएको ‘गोल्डेन चान्स’ योजनाले चितवन तथा आसपासका विद्यार्थीहरूलाई भाषागत दक्षता अभिवृद्धिमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
माइलस्टोन इन्टरनेशनलले विगतमा उत्कृष्ट विद्यार्थीहरूलाई संयुक्त राज्य अमेरिका लगायत विभिन्न देशमा पूर्ण छात्रवृत्तिमा अध्ययनका लागि पठाउन सफल भएको जनाएको छ । संस्थाले जापान, फिनल्याण्ड तथा युरोपका विभिन्न मुलुकमा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको छ। साथै ड्राइभिङ, हेयर कटिङ र बारिष्टालगायत सीपमूलक तालिमसमेत सञ्चालन गर्दै आएको छ ।
अनुभवी प्रशिक्षकद्वारा अध्यापन गराइने कक्षाहरूमा सिट संख्या सीमित रहेको संस्थाले जनाएको छ । इच्छुक विद्यार्थीहरूले रत्ननगर–१ स्थित सहारा सुपरमार्केट नजिक रहेको कार्यालयमा सम्पर्क गर्न वा ९८५५०८२४५४ तथा ०५६–५६१८४९ नम्बरमा फोन गरी थप जानकारी लिन सक्नेछन् ।




