काठमाडौँ, १५ जेठ ।
सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्बको बजेट ल्याएको छ। सीमाभन्दा ठूलो आकारमा ल्याइएको बजेटमा चालू खर्चतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड रुपैयाँ छुट्टयाइएको छ भने पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब रुपैयाँ छुट्टयाइएको छ।
त्यस्तै सरकारले वित्तीय व्यवस्थामा ४ खर्ब २२ अर्ब रुपैयाँ छुट्टयाएको छ।
सरकारले आगामी वर्षका लागि १४ खर्ब ४ अर्ब राजस्व लक्ष्य राखेको छ भने अनुदानबाट ६१ अर्ब ७४ करोड र वैदेशिक ऋणबाट २ खर्ब ४७ अर्ब उठाउने लक्ष्य राखेको छ । त्यस्तै ४ खर्ब १० अर्ब रुपैयाँ आन्तरिक ऋणबाट उठाउने लक्ष्य सरकारले राखेको छ।





