विकल्पबिना हटाउन नपाइने भन्दै बुटवलमा सुकुम्बासीहरूको प्रदर्शन

बुटवल, ३ जेठ ।
विकल्पबिना भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई हटाउन नहुने माग गर्दै विभिन्न जिल्लाका सुकुम्बासीहरूले आइतबार बुटवलमा प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरूले बुटवलबाटै राष्ट्रिय संघर्ष समितिसहितको मोर्चा गठन गर्ने तयारीसमेत गरेका छन् ।
नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति, रूपन्देहीको संयोजनमा आयोजित प्रदर्शन बुटवलको राजमार्ग चौराहाबाट सुरु भई ट्राफिक चोकमा पुगेर सभामा परिणत भएको थियो ।

प्रदर्शनमा रूपन्देही, नवलपरासी, कपिलवस्तु, दाङ, बाँके, बर्दियालगायत २० भन्दा बढी जिल्लाका प्रतिनिधिहरूको सहभागिता रहेको संघर्ष समितिका संयोजक खगेन्द्र पौडेलले जानकारी दिनुभयो ।

प्रदर्शनकारीहरूले आफूहरूको उचित व्यवस्थापन र वैकल्पिक बसोबासको सुनिश्चितता नगरी हटाउने प्रयास स्वीकार्य नहुने बताएका छन् । उनीहरूले सरकारले दीर्घकालीन समाधानसहित भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या सम्बोधन गर्नुपर्ने मागसमेत राखेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट