गैरआख्यान कृति ‘नेपाल गाथा’लाई एक लाख राशिको उत्तम शान्ति पुरस्कार

काठमाडौं, ३ जेठ । प्रख्यात तीर्थबहादुर श्रेष्ठ द्वारा लिखित गैरआख्यान कृति नेपाल गाथा लाई २०८२ सालको उत्तम शान्ति पुरस्कार प्रदान गरिने भएको छ । वर्षभरि प्रकाशित निबन्ध, संस्मरण, जीवनी, आत्मकथालगायतका गैरआख्यानात्मक कृतिमध्ये उत्कृष्ट कृतिलाई उत्तम कुँवर स्मारक पुरस्कार गुठी ले २०४४ सालदेखि एक लाख रुपैयाँ राशिको उक्त पुरस्कार प्रदान गर्दै आएको छ । गुठीका अध्यक्ष […]
दाउन्नेको सास्ती अन्त्यतिर, अब वर्षामा यातायात अवरोध नहुने दाबी

कावासोती, ३ जेठ । लामो समयदेखि निर्माणमा ढिलाइ हुँदा यात्रुका लागि सास्तीको कारण बनेको पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तार आयोजना अन्तिम चरणमा पुगेको छ । आयोजनाको भौतिक प्रगति ९१ प्रतिशत पुगेको सडक विभागले जनाएको छ । सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार मुख्य संरचनात्मक कामहरू अधिकांश सम्पन्न भइसकेका छन् भने अब फिनिसिङ, ट्राफिक सुरक्षासम्बन्धी […]
नमूना मतदानमार्फत शुभारम्भ एकाडेमीले सिकायो लोकतान्त्रिक अभ्यास

रत्ननगर, ३ जेठ । रत्ननगर नगरपालिका–१० हरिहरटोलस्थित शुभारम्भ एकाडेमीमा आइतबार विद्यार्थीहरूबीच नमूना निर्वाचन सम्पन्न गरिएको छ । विद्यालयमा लोकतान्त्रिक अभ्यास र नेतृत्व विकास गर्ने उद्देश्यले आयोजित निर्वाचनमा कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरूको सहभागिता रहेको थियो । विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख रिस्ता अधिकारीले प्रमुख निर्वाचन अधिकृतको भूमिका निर्वाह गर्नुभएको उक्त निर्वाचनमा मतपत्र, मतपेटिका, स्वस्तिक छापलगायत […]
विकल्पबिना हटाउन नपाइने भन्दै बुटवलमा सुकुम्बासीहरूको प्रदर्शन

बुटवल, ३ जेठ । विकल्पबिना भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई हटाउन नहुने माग गर्दै विभिन्न जिल्लाका सुकुम्बासीहरूले आइतबार बुटवलमा प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरूले बुटवलबाटै राष्ट्रिय संघर्ष समितिसहितको मोर्चा गठन गर्ने तयारीसमेत गरेका छन् । नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति, रूपन्देहीको संयोजनमा आयोजित प्रदर्शन बुटवलको राजमार्ग चौराहाबाट सुरु भई ट्राफिक चोकमा पुगेर […]
दासढुङ्गामा मदन–आश्रितप्रति एमालेको श्रद्धाञ्जली

दासढुङ्गा, ३ जेठ । नेकपा (एमाले) जिल्ला कमिटी चितवनले आइतबार बिहान मदन–आश्रित दुर्घटनास्थल दासढुङ्गा पुगेर नेताद्वयप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । जिल्ला पार्टी कार्यालय भरतपुरबाट मोटरसाइकल र्यालीसहित दुर्घटनास्थल पुगेका एमालेका नेता तथा कार्यकर्ताले मदन–आश्रितको शालिकमा माल्यार्पण गर्दै नेपाली कम्युनिष्ट आन्दोलनमा उहाँहरूले पुर्याएको योगदानको स्मरण गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि एमाले केन्द्रीय सदस्य तथा चितवन […]
भागवत कथा र भजनकिर्तनले कोटिहोम महायज्ञमा थपियो रौनक

चितवन, ३ जेठ । वागीश्वरी आध्यात्मिक परिषद् अन्तर्गत योगी नरहरिनाथ आश्रममा जारी कोटिहोम महायज्ञमा शनिबार भक्तजनको उल्लेखनीय उपस्थिति देखिएको छ । भागवत कथा श्रवण तथा संगीतमय भजनकिर्तनमा सहभागी हुन बिहानैदेखि भक्तजनको भीड लागेको आयोजकले जनाएको छ । शनिबार महायज्ञ सुरु भएयताकै सबैभन्दा धेरै भक्तजन सहभागी भएको बताइएको छ । महायज्ञमा गोरक्ष बिज मन्त्रद्वारा नियमित हवन […]
अक्सफोर्ड सेकेन्डरी स्कुलको दीक्षान्त समारोह भव्य, कक्षा १२ का विद्यार्थीलाई सम्मानसहित बिदाइ

गैंडाकोट, ३ जेठ । गैंडाकोटस्थित अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट (ओसीईएम) अन्तर्गत सञ्चालित अक्सफोर्ड सेकेन्डरी स्कुलले कक्षा १२ का विद्यार्थीहरूको दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न गरेको छ । गैंडाकोटको द नारायणी रिसोर्टमा आयोजित समारोह २०८२ ब्याचका विद्यार्थीहरूको सम्मान तथा बिदाइका लागि विशेष रूपमा आयोजना गरिएको थियो । समारोहमा कलेज सञ्चालक समिति, प्राध्यापक, कर्मचारी तथा […]