पूर्वमन्त्री जोशीको पहलमा भरतपुर–२ मा ५ करोडका विकास योजना सम्पन्न

भरतपुर, २८ वैशाख ।
भरतपुर महानगरपालिका–२ मा झन्डै ५ करोड रुपैयाँ बराबरका विभिन्न विकास निर्माणका योजना सम्पन्न भएका छन् । बागमती प्रदेशका पूर्व स्वास्थ्य मन्त्री उत्तम जोशी को पहलमा आर्थिक वर्ष २०८२/०८३ मा स्वास्थ्य, धार्मिक तथा पूर्वाधार क्षेत्रका योजनाले तीव्रता पाएका हुन् ।

वडा नम्बर–२ अन्तर्गत स्वास्थ्य कार्यालय भवन निर्माण, विभिन्न मठमन्दिरको स्तरोन्नति, सडक कालोपत्रे तथा नाला व्यवस्थापनलगायतका योजनामा पर्याप्त बजेट विनियोजन गरी समयमै काम सम्पन्न गरिएको जनाइएको छ । स्थानीय आवश्यकतालाई प्राथमिकतामा राखेर योजना छनोट तथा प्रभावकारी कार्यान्वयन गरिएकाले नागरिकले प्रत्यक्ष लाभ लिन थालेका छन् ।

पूर्वमन्त्री जोशीले शुक्रबार सम्पन्न योजनाहरूको स्थलगत निरीक्षण गर्नुभएको थियो । निरीक्षणका क्रममा भरतपुर–२ का वडाध्यक्ष मनोज रानाभाट, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

निरीक्षणपछि बोल्दै वडाध्यक्ष रानाभाटले पूर्वमन्त्री जोशीले विकास निर्माणप्रति देखाएको सक्रियता, इमान्दारिता र प्रतिबद्धता प्रशंसनीय रहेको बताउनुभयो । उहाँले जनताको आवश्यकता पहिचान गरी परिणाममुखी ढंगले योजना कार्यान्वयन गर्ने नेतृत्व अहिलेको आवश्यकता भएको उल्लेख गर्नुभयो ।

स्थानीयवासीले पनि छोटो समयमै स्वास्थ्य, सडक तथा धार्मिक पूर्वाधार क्षेत्रमा उल्लेखनीय काम भएको भन्दै खुशी व्यक्त गरेका छन् । विकास निर्माणका योजनाले वडा नम्बर–२ को समग्र स्वरूप परिवर्तन हुँदै गएको उनीहरूको भनाइ छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट