भरतपुर । त्रिभुवन विश्वविद्यालय (त्रिवि) द्वारा सञ्चालित स्नातक तहको चौथो सेमेस्टरको परीक्षामा भरतपुरस्थित आरम्भ कलेजका विद्यार्थीहरूले उत्कृष्ट नतिजा हासिल गरेका छन् ।
कलेजका अनुसार, ब्याचलर अफ होटल म्यानेजमेन्ट (BHM) र ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी एन्ड म्यानेजमेन्ट (BITM) दुवै कार्यक्रममा जिल्ला प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरू सोही कलेजका हुन् ।
BHM चौथो सेमेस्टरतर्फ सन्ध्या गोले ३.८८ SGPA सहित जिल्ला प्रथम, नेबिका मैनाली ३.८३ SGPA सहित द्वितीय र ङवाङ बामजान तामाङ ३.८० SGPA सहित तृतीय भएका छन् ।
त्यस्तै, BITM चौथो सेमेस्टरमा ओजस्वी आचार्यले ३.८३ SGPA ल्याएर जिल्ला प्रथम स्थान हासिल गरेकी छन् । अङ्गिता अधिकारी ३.८१ SGPA सहित द्वितीय र बिपल श्रेष्ठ ३.७४ SGPA सहित तृतीय स्थानमा रहेका छन् ।
कलेजका प्रिन्सिपल सुरज शिवाकोटीले अनुभवी शिक्षक, व्यावहारिक शिक्षण पद्धति र विद्यार्थीमैत्री वातावरणका कारण विद्यार्थीहरूले राम्रो नतिजा हासिल गरेको बताए । उक्त कलेजले होटल म्यानेजमेन्ट र सूचना प्रविधि व्यवस्थापनमा स्नातक तहका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।





