‘म त मेरो बच्चाको मात्रै आमा हुँ’ : बालेनप्रति सुशीला कार्कीको कटाक्ष

काठमाडौं, २६ वैशाख । कुनै समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह लाई ‘छोरा’ सरह स्नेह दिने पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र बालेनबीच अहिले सम्बन्ध चिसिएको संकेत देखिएको छ । प्रधानन्यायाधीश सिफारिससम्बन्धी पछिल्लो प्रकरणले यी दुईबीचको सम्बन्धमा गम्भीर दरार ल्याएको चर्चा भइरहेको छ । संवैधानिक परिषद्ले पहिलो वरीयताकी न्यायाधीश सपना प्रधान मल्ललाई पन्छाउँदै चौथो वरीयताका डा. मनोजकुमार […]

पूर्वाधारदेखि समावेशीतासम्म : पूर्वमन्त्री जोशीद्वारा आफ्नै कार्यकालका योजनाको निरीक्षण

चितवन, २६ वैशाख । उत्तम जोशीले आफ्नो पाँच वर्षे कार्यकालमा अघि बढाइएका विकास योजनाहरूको स्थलगत अवलोकन गर्नुभएको छ । भरतपुर महानगरपालिका–११ अन्तर्गत सञ्चालित विभिन्न पूर्वाधार तथा सामाजिक विकास योजनाको निरीक्षण गर्दै उहाँले विकासलाई जनताको जीवनसँग प्रत्यक्ष जोड्ने उद्देश्यका साथ काम गरिएको बताउनुभयो । पूर्वमन्त्री जोशीले वडा अध्यक्ष कमल बहादुर मल्ल, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा […]

कम्प्युटर विज्ञान समाज मकवानपुरको प्रबोधीकरण कार्यशाला

हेटौँडा, २६ वैशाख । कम्प्युटर विज्ञान समाज मकवानपुरले मकवानपुर जिल्लाका कम्प्युटर विज्ञान अध्यापनरत शिक्षकहरूका लागि प्रबोधीकरण कार्यशाला सम्पन्न गरेको छ । दिनेश उप्रेतीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्याब्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदी प्रमुख अतिथिका रूपमा सहभागी थिए । कार्यशालामा भुटनदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्यप्रसाद न्यौपानेले विषयवस्तु अध्ययन, प्रश्न निर्माण तथा आन्तरिक एवं प्रयोगात्मक अङ्क निर्धारणसम्बन्धी सहजीकरण […]

जनतालाई घरबारविहीन बनाउनु हुँदैन : हर्क साम्पाङ

हेटौंडा, २६ वैशाख । सांसद हर्कराज साम्पाङले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई घरबारविहीन बनाउने कार्यको आफू सधैं विरोधमा रहेको बताएका छन् । शनिबार चितवन जाने क्रममा हेटौंडा–११ थानाभर्‍याङमा स्थानीय भूमिहीन तथा अव्यवस्थित बसोबासी समुदायसँग भएको छोटो छलफल कार्यक्रममा बोल्दै उनले नेपालमा रहेको सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्या समाधान गर्नुपर्नेमा जोड दिए । जनतालाई विस्थापित गर्ने, […]

गायक शिव परियारको मार्मिक गीत ‘मनको भारी बिसाउने’ सार्वजनिक

गायक शिव परियारको स्वरमा नयाँ गीत ‘मनको भारी बिसाउने’ सार्वजनिक भएको छ। सुबास अधिकारीको शब्द र दीपक शर्माको संगीत रहेको गीतले प्रेम, पीडा र बिछोडको मार्मिक भाव प्रस्तुत गर्छ। केर डी. कोईन्च लिनुचद्वारा निर्देशित म्युजिक भिडियोमा सुरेश कोहली र बिना राउतले अभिनय गरेका छन्। म्युजिक भिडियोमा सुरेश कोहली र बिना राउतको अभिनय देख्न सकिन्छ। साथै […]

आरम्भ कलेजका विद्यार्थी जिल्ला उत्कृष्ट

भरतपुर । त्रिभुवन विश्वविद्यालय (त्रिवि) द्वारा सञ्चालित स्नातक तहको चौथो सेमेस्टरको परीक्षामा भरतपुरस्थित आरम्भ कलेजका विद्यार्थीहरूले उत्कृष्ट नतिजा हासिल गरेका छन् । कलेजका अनुसार, ब्याचलर अफ होटल म्यानेजमेन्ट (BHM) र ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी एन्ड म्यानेजमेन्ट (BITM) दुवै कार्यक्रममा जिल्ला प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरू सोही कलेजका हुन् । BHM चौथो सेमेस्टरतर्फ […]