गायक शिव परियारको स्वरमा नयाँ गीत ‘मनको भारी बिसाउने’ सार्वजनिक भएको छ। सुबास अधिकारीको शब्द र दीपक शर्माको संगीत रहेको गीतले प्रेम, पीडा र बिछोडको मार्मिक भाव प्रस्तुत गर्छ।
केर डी. कोईन्च लिनुचद्वारा निर्देशित म्युजिक भिडियोमा सुरेश कोहली र बिना राउतले अभिनय गरेका छन्।
म्युजिक भिडियोमा सुरेश कोहली र बिना राउतको अभिनय देख्न सकिन्छ। साथै मिलन खड्का, क्रिश राई, रबिन लामिछाने, समिर भट्टराई, अजय कार्की, युगल श्रेष्ठ र अग्निश्री विश्वकर्माको पनि अभिनय रहेको छ। भिडियो निर्देशन तथा सम्पादन केर डी. कोईन्च लिनुचले गरेका हुन् भने छायांकन तथा कलरिङ योगेश दाहालले गरेका छन्।
भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस् :





