राष्ट्रपति रनिङ शिल्ड : चितवनका कबड्डी खेलाडीलाई खेल सामग्री सहयोग

चितवन, २५ वैशाख ।
बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने चितवनका कबड्डी खेलाडीलाई खेल सामग्री हस्तान्तरण गरिएको छ ।

नेपाल सितोरियो कराँते संघ भरतपुर महानगर समितिका अध्यक्ष एवं पूर्व राष्ट्रिय खेलाडी पूर्णबहादुर गुरुङले पुरुष तथा महिला कबड्डी टोलीलाई जुत्तालगायत खेल सामग्री सहयोग गरेका हुन् । सामग्री हस्तान्तरण कार्यक्रममा चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजन कार्की र गुरुङले संयुक्त रूपमा खेलाडीहरुलाई सामग्री प्रदान गरेका थिए ।

कार्यक्रममा अध्यक्ष कार्कीले प्रतियोगिताअघि प्राप्त यस्ता सहयोगले खेलाडीहरूको मनोबल उच्च हुने बताए । खेल क्षेत्रमा साना–साना सहयोगले पनि सकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै उनले यसपटक चितवनमा पहिलोपटक बन्द प्रशिक्षण सञ्चालन गरी खेलाडीलाई उत्कृष्ट नतिजाका लागि तयार पारिएको जानकारी दिए ।

पूर्व राष्ट्रिय खेलाडी गुरुङले खेलाडीहरूलाई खेल सामग्री अभाव हुन नदिन आफूले सहयोग गरेको बताए । खेलाडीका समस्या आफूले नजिकबाट बुझेको उल्लेख गर्दै उनले प्रतियोगितामा सहभागी सबै खेलाडीलाई सफलताको शुभकामना व्यक्त गरे ।

कार्यक्रमको सहजीकरण चितवन जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव रामजी ढकालले गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट