तनहुँका गुरुङ बस्तीमा मौलिक घाटु नाचको रौनक

तनहुँ, २५ वैशाख । तनहुँ जिल्लाका विभिन्न गुरुङ बस्तीहरूमा ऐतिहासिक तथा परम्परागत घाटु नाचप्रति संरक्षण र प्रवर्द्धनको चासो बढ्न थालेको छ। लोकसंस्कृतिमा आधारित मौलिक घाटु नाच नयाँ पुस्तामा हस्तान्तरण गर्दै पर्यटनसँग जोड्ने उद्देश्यले गाउँ–गाउँमा घाटु नाच सञ्चालन भइरहेको हो । भानु नगरपालिका–१३ बासपानी, बन्दीपुर गाउँपालिका–२ आरथुम्का,बन्दिपुर गाउँपालिका -६ कमलबारी , आँबुखैरेनी गाउँपालिकाको भोटेस्वारा, हिलेखर्क, दमौली, […]

रेडक्रस दिवसमा अल्फावेट्ज एकेडेमीका विद्यार्थीद्वारा मानव सेवा आश्रममा भोजन सेवा

चितवन, २५ वैशाख । भरतपुर महानगरपालिका–१९ रामपुरस्थित अल्फावेट्ज एकेडेमीका विद्यार्थीहरूले मानव सेवा आश्रमका वृद्धवृद्धालाई भोजन गराएका छन् । विद्यालयको जुनियर रेडक्रस सर्कलको अगुवाइमा भरतपुर–९ शरदपुरस्थित चितवन मानव सेवा आश्रममा रहेका आश्रितलाई आज भोजन सेवा प्रदान गरिएको हो । ७८औँ रेडक्रस दिवसको अवसर पारेर विद्यार्थीलाई मानव सेवामा अभिप्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयका प्राचार्य छेमान […]

राष्ट्रपति रनिङ शिल्ड : चितवनका कबड्डी खेलाडीलाई खेल सामग्री सहयोग

चितवन, २५ वैशाख । बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने चितवनका कबड्डी खेलाडीलाई खेल सामग्री हस्तान्तरण गरिएको छ । नेपाल सितोरियो कराँते संघ भरतपुर महानगर समितिका अध्यक्ष एवं पूर्व राष्ट्रिय खेलाडी पूर्णबहादुर गुरुङले पुरुष तथा महिला कबड्डी टोलीलाई जुत्तालगायत खेल सामग्री सहयोग गरेका हुन् । सामग्री हस्तान्तरण कार्यक्रममा चितवन जिल्ला खेलकुद विकास समितिका […]

आठ विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

काठमाडौँ, २५ वैशाख । विभिन्न आठ विश्वविद्यालयमा रिक्त रहेको उपकुलपति पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ । विश्वविद्यालयका रिक्त उपकुलपति पदमा नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय तथा राजर्षि जनक विश्वविद्यालयका लागि आवेदन खुलाएको […]

टिपरको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु

नवलपरासी, २५ वैशाख । पूर्वी नवलपरासीको गैंडाकोट–९ थुम्सीमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक जना महिलाको मृत्यु भएको छ । शुक्रबार दिउँसो करिब २ बजे भएको दुर्घटनामा देवचुली–१० निवासी ३५ वर्षीया जमुना गिरी थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा जमुनाका श्रीमान् ४० वर्षीय राजबहादुर गिरी घाइते भएका छन् । उनको उपचार भइरहेको प्रहरीले जानकारी […]