टिपरको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु

नवलपरासी, २५ वैशाख ।

पूर्वी नवलपरासीको गैंडाकोट–९ थुम्सीमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक जना महिलाको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो करिब २ बजे भएको दुर्घटनामा देवचुली–१० निवासी ३५ वर्षीया जमुना गिरी थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा जमुनाका श्रीमान् ४० वर्षीय राजबहादुर गिरी घाइते भएका छन् । उनको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनापछि टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट