हेटौंडामा २ अर्ब लगानीमा सीएमसी अस्पताल निर्माण सुरु

मकवानपुर, २२ वैशाख ।
चितवन मेडिकल कलेजद्वारा मकवानपुरको हेटौंडामा नयाँ अस्पताल निर्माण सुरु गरिएको छ । हेटौंडा उपमहानगरपालिका–४, हुप्राचौरमा निर्माण हुने उक्त अस्पताल भवनको मंगलबार एक समारोहबीच शिलान्यास गरिएको हो ।

‘सीएमसी हेटौंडा’ नाम दिइएको अस्पतालको शिलान्यास चितवन मेडिकल कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रताप देवकोटाले गरेका हुन् । करिब २ अर्ब रुपैयाँको लगानीमा निर्माण हुने यो अस्पताल एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको उनले जानकारी दिए ।

१९ कठ्ठा क्षेत्रफलमा फैलिने अस्पताल प्रारम्भिक चरणमा १०० शय्याको हुनेछ । अस्पतालमा पार्किङ, क्यान्टिन (चमेना गृह) लगायत आवश्यक स्वास्थ्य पूर्वाधारहरू मापदण्डअनुसार निर्माण गरिने जनाइएको छ ।

अस्पताल निर्माणका लागि चितवन मेडिकल कलेजले गत वर्ष नै हेटौंडामा जग्गा खरिद गरिसकेको थियो । नयाँ अस्पताल सञ्चालनमा आएपछि मकवानपुरसहित आसपासका जिल्लाका सर्वसाधारणलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध हुने अपेक्षा गरिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट