गैंडाकोटमा साप्ताहिक भजन श्रृङ्खला सुरु

नवलपरासी, १९ वैशाख ।
गैंडाकोटमा साप्ताहिक भजन श्रृङ्खला सुरु भएसँगै क्षेत्र भक्तिमय बनेको छ । गैंडाकोट युवा भजन समूहको आयोजनामा शनिबारदेखि भजन कार्यक्रम सञ्चालनमा आएको हो ।

गैंडाकोट नगरपालिका –८ स्थित कालिका मन्दिर परिसरको कालिका आश्रममा सुरु गरिएको भजन कार्यक्रमले स्थानीयस्तरमा आध्यात्मिक ऊर्जा र सामूहिक भक्ति भावलाई थप मजबुत बनाएको आयोजकले जनाएको छ ।

हरेक हप्ता नियमित रूपमा सञ्चालन हुने भजन कार्यक्रममा सहभागी भई पुण्य लाभ लिन आयोजक संस्थाका सह-संयोजक कुशल सापकोटाले सम्पूर्ण भक्तजनलाई हार्दिक निमन्त्रणा दिनुभएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट